default_image

2 years ago

March 9, 2022

बेयरस्टोको शतकले इंग्ल्यान्डको संकट टार्यो

67 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर जोनी बेयरस्टोले वेस्टइन्डिजसँग पहिलो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गर्दै इनिङलाई सम्हाल्लेका छन् ।

सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्डमा एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिनको समाप्तिमा ८६ ओभरमा २६८–६ को अवस्थामा छ । जोनी बेयरस्टो २ सय १६ बलमा १७ चौकासहित १ सय ९ रनमा अविजित छन् । बेयरस्टोको यो टेस्ट करिअरको आठौं शतक हो । इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक रहेन ।

डेब्यू खेल खेलेका एलेक्स लेसलाई तीव्र गतिका बलर केमार रोचले चार रनमा एलबीडब्लू आउट गरे । जयडेन शेल्सले ज्याक क्रलीलाई आठ रनमा आउट गरे । रोचले इंग्ल्यान्डका प्रमुख ब्याटर जो रुटलाई १३ रनमा बोल्ड आउट गरेपछि समस्यामा परेको थियो । ड्यान लरेन्स २० रनमै आउट भए । इंग्ल्यान्ड एक समय १५.४ ओभरमा ४८–४ को संकट अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि बेन स्टोक्स र बेयरस्टोले ६७ रनको साझेदारी गरे । स्टोक्स सेल्सको बलमा ९५ बलमा ४ चौकासहित ३६ रनमा बोल्ड भए । छैटौं विकेटका लागि बेन फोक्स र बेयरस्टोले ९९ रनको साझेदारी गरे । फोक्स जेसन होल्डरको बलमा ४२ रनमा एलबीडब्लू आउट भए । उनले ८७ बलमा ८ चौका प्रहार गरे । क्रिस वोक्स ५१ बलमा ३ चौकासहित २४ रनमा अविजित छन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.