default_image

2 years ago

March 9, 2022

दीपेन्द्र आइसिसी उत्कृष्ट खेलाडी मनोनयनमा

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ए‍ेरी आइसिसी प्लेयर अफ द मन्थ (महिनाको उत्कृष्ट खेलाडीको) मनोनयनमा परेका छन् ।

फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै भारतका श्रेयस ए‍ेर र यूएईका वृत्य अरविन्द रहेका छन् । दीपेन्द्र र वृत्यले आइसिसी टि२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रेयसले श्रीलंका र वेस्ट इन्डिजविरुद्ध सिरिजमा उच्च प्रदर्शन गरे ।

दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन र ३ विकेट लिएका थिए । त्यसअघि चार देश सम्मिलित सिरिजमा १ सय ४२ रन र आयरल्यान्डविरुद्ध एकै खेलमा ४ विकेट हात पारेका थिए ।

यसअघि नेपालका सन्दीप लामिछानेले सेप्टेमबर २०२१ को आइसिसी प्लेयर अफ द मन्थको उपाधि जितिसकेका छन् । कुशल भुर्तेल पनि अप्रिल २०२१ मा यस अवार्डको मनोनयनमा परेका थिए ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.