default_image

2 years ago

March 9, 2022

घरेलु टोली युएई ओमानसँग फेरि पराजित

108 views

0 Bookmark

एजेन्सी – ओमानले आाइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) लाई ८ रनले पराजित गरेको छ । योसँगै ओमानले शीर्षस्थानको अग्रताको दुरी १८ अंकले बढाएको छ ।

आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । ओमानका मध्यक्रमका ब्याटर खवर अलीले ७८ बलमा ८ चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । ओपनर कश्याप प्रजापति ७४ बलमा ४ चौकासहित ४४ रनमा आउट भए ।

जतिन्दर सिंह ११, शोएब खान १२, जिशान मकसुद २०, अयान खान ३१ र सन्दीप गौडले २१ रन बनाए । युएईका तीव्र गतिका बलर जहुर खानले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । बासिल हामिदको नाममा २ विकेट लिए । २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको युएई ४८.३ ओभरमा २ सय १३ रनमा अल आउट भयो ।

युएईका चिराग सुरीले ८७ बलमा ८ चौकासहित सर्वाधिक ६३ रन बनाएपनि टोलीको झिनो हार टार्न सकेनन् । मोहम्मद वासिम १९, वृत्य अरविन्द २९, बासिल हामिद २५ र रोहन मुस्तफा २३ रनमा आउट भए । ओमानका फैज बटले सर्वाधिक तीन विकेट लिए । खवर अलीले २, बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले १–१ विकेट लिए ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नामिबिया र युएईबीच त्रिकोणात्क सिरिज जारी छ । ओमानले यसअघि युएईलाई १२ रनले हराएको थियो । यस सिरिजपछि विश्वकप लिग(२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नामिबियाले शुक्रबार ओमानसँग खेल्नेछ । नामिबियाले पहिलो खेलमा युएईलाई १ सय १० रनले हराएको थियो ।

नेपालले मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै सुरुवात गर्नेछ । ७ देशबीच २०२३ सम्म चल्ने यस प्रतियोगितामा शीर्ष तीन टोलीले त्यसै वर्ष हुने सिधैं एकदिवसिय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल हाल श्रीलंकामा छ । अव दुई अभ्यास खेलपछि नेपाल १४ मार्चमा युएई पुग्नेछ ।

अंक तालिका

ओमान २६ खेलमा १६ मा जित र ८ मा हार सहित ३४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १३ खेलमा ६ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.