default_image

2 years ago

March 10, 2022

क्रिकेट गर्न दुई दिन सार्वजनिक बिदा

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तपाईंहरुले टोल कपदेखि विश्वकप सम्म क्रिकेट प्रतियोगिता आयोजनाका विभिन्न पाटोबारे भएको सुन्नु भएको होला । तर क्रिकेट प्रतियोगिता आयोजना हुँदा सार्वजनिक बिदा दिएको भने पक्कै सुन्नु भएको सायदै हुनुपर्छ । तर नेपालको मधेश प्रदेशको रौतहट जिल्लामा रहेको ईशनाथ नगरपालिकाले क्रिकेट आयोजना गर्न दुई दिन सार्वजनिक बिदा दिएको छ ।

ईशनाथ नगरपालिकाबाट आयोजना भएको अन्तर पालिका स्तरिय मेयर टि२० क्रिकेट प्रतियोगिता अन्तिम चरणको खेलको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिका कर्मचारी समेत सहभागी व्यवस्थापन गर्नुपर्ने जनाउँदै फागुन २५ र २६ गतेलाई नगरपालिका भित्र सार्वजनिक बिदा दिएको जनाएको छ । ईशनाथ नगरपालिका मेयर सन्तोष कुमार मेहताले दुई दिन सार्वजनिक बिदा दिएको जनाएका छन् ।

नगरप्रमुख मेहताको अनुसार बारा र रौतहटका गरि कुल १६ पालिकाले प्रतियोगितामा सहभागी जनाएका छन् । ‘बारा र रौतहटका गरि कुल १६ पालिका छन् । पालिका भित्र रहेका खेलाडीलाई एउटा टिम बनाएर प्रतियोगिता गराउने प्रयास हो । खेलाडीहरुलाई अघि बढाउने उदेश्यले गरेका हौं’, मेयर सन्तोषले हाम्रो खेलकुदसँग भने ।

क्रिकेट प्रतियोगिता आयोजना गर्न दुई दिन सार्वजनिक बिदा दिन मिल्छ र भन्ने प्रश्नमा मेयर र नगर उप प्रमुख हुसेन आरा दुवैले कुनैपनि प्रतिक्रिया नदिई फोन काट्दै बच्न खोजे ।

क्रिकेट आयोजना गर्न नगरपालिकाले सार्वजनिक बिदा दिदा स्थायिनले चर्को आलोचना गरेका छन् । प्रतियोगिताका सेमिफाइनल खेलहरु आज हुनेछन् । विजेताले २५ हजार र उपविजेताले १५ हजार पाउनेछन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.