default_image

2 years ago

March 10, 2022

नेपालले पहिला ब्याटिङ गर्दै, चार परिवर्तन

99 views

0 Bookmark


काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ । नेपालका कप्तान सन्दीप लामिछिानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको टोलीमा आसिफ शेख, आरिफ शेख, करण केसी र कमलसिंह ऐरी टोलीमा फर्किएका छन् । श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव र विक्रम सोबलाई नेपालले पुलिससँगको खेलमा विश्राम दिएको छ ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो ।

नेपालले अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त ११ सँग खेल्नेछ । मार्च १४ मा नेपाल युएई पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी ९पिएनजी० सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ ९मार्च २५ ० मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ ९२६ मार्च० मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, विनोद भण्डारी, सागर ढकाल, रोहित कुमार पौडेल, भीम सार्की, पवन सरार्फ र आरिफ शेख ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.