default_image

2 years ago

March 10, 2022

महिला विश्वकपमा भारत न्युजिल्यान्डसँग पराजित

100 views

0 Bookmark

एजेन्सी – घरेलु टोली न्युजिल्यान्डले आइसिसी महिला एकदिवसिय विश्वकपमा भारतलाई ६२ रनले पराजित गरेको छ । २ सय ६१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत ४६.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो ।

भारतको लागि मध्यक्रमकी ब्याटर हरमनप्रीत कौरले ६३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिइन् । ओपनर यास्तिका भाटिया २८, स्मृति मन्धना ६, दीप्ति शर्मा ५, कप्तान मिथली राज ३१, स्नेह राना १८, झुलन गोस्वामी १५ र मेघन सिंहले १२ रन बनाए । न्युजिल्यान्डकी ली ताहुहुले १० ओभरमा २ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिइन् । अमेलिया केरले ९ ओभरमा ५६ रन खर्चेर ३ विकेट लिइन् । हेली जेन्सनले २, जेस कैर र हन्ना रोवेले १–१ विकेट लिए ।

त्यसअघि सेड्डन पार्क हामिल्टनमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६० रन बनाएको थियो । न्युजिल्यान्डकी एमी सेटरवेटले ८४ बलमा ९ चौकासहित सर्वाधिक ७५ रनको योगदान दिइन् । ओपनर सोफी डिवाइन ३५, मड्डी ग्रिन २७ र विकेटकिपर केटी मार्टिन ४१ रनमा आउट भइन् । अमेलिया केर ६४ बलमा ५ चौकासहित ५० रनमा आउट भइन् ।

भारतको पूजा भास्त्रकारले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिइन् । राजेश्वरी गाकवाडले २,गोस्वामी र दीप्तिले १–१ विकेट लिए । भारतले पहिलो खेलमा पाकिस्तानलाई १ सय ७ रनले पराजित गरेको थियो । भारतले शनिबार वेस्टइन्डिजको सामना गर्नेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा वेस्टइन्डिजसँग ३ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशलाई ९ विकेटले हराएको थियो । चौथो खेलमा आइतबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ नेटनरेटको कारण शीर्ष स्थानमा छ । तीन खेलमा ४ अंक भएपनि न्युजिल्यान्ड दोस्रो स्थानमा छ । २ खेलमा ४ अंक जोडेको वेस्टइन्डिज नेटरनरेटको कारण तेस्रो स्थानमा छ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.