default_image

2 years ago

March 17, 2022

महिला विश्वकपमा दक्षिण अफ्रिकाको लगातार चौथो जित

82 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपमा दक्षिण अफ्रिकाले लगातार चौथो जित हात पारेको छ । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डलाई २ विकेटले हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

२ सय २९ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले ४९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा ओपनर लौरा वोल्भार्डले ९४ बलमा ६ चौकासहित सर्वाधिक ६७ रन बनाइन् । कप्तान सुने लुस ७३ बलमा ४ चौकासहित ५१ रनमा आउट भइन् । मरिजान क्याप ३५ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । न्युजिल्यान्डकी अमेलिया केरले ३ र फ्रान्सिस म्याकेले २ विकेट लिइन् ।

सेड्डन पार्क हामिल्टनमा टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्ड ४७.५ ओभरमा २ सय २८ रनमा अल आउट भयो । न्युजिल्यान्डकी कप्तान सोफी डेविनले १ सय १ बलमा १२ चौका र १ छक्कासहित ९३ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याटर नचल्दा पराजित हुन पुग्यो ।

अमेलिया केर ५८ बलमा ५ चौकासहित ४२ रन, मेडी ग्रिन ३० र ब्रुक हेडिले २४ रनमा आउट भइन् । दक्षिण अफ्रिका शबनिम ईस्माइल र अयाबोंगा खाकाले ३–३ विकेट लिए । मरिजान क्यापले २ र सुने लुसले १ विकेट लिइन् ।

दक्षिण अफ्रिका ४ खेलमा ४ मा जितका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अष्ट्रेलिया ४ खेलमा ४ मा जित सहित ८ अंक भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले यसअघि बंगलादेशलाई ३२ रन, पाकिस्तानलाई ६ रन र इंग्ल्यान्डलाई ३ विकेटले हराएको थियो । अफ्रिकाले मंगलबार अष्ट्रेलियासँग खेल्नेछ ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.