default_image

2 years ago

March 22, 2022

आरिफ ओडिआईमा पहिलो पटक प्लेयर अफ द म्याच

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटिङ अलराउन्डर आरिफ शेख ओडिआई करिअरमा पहिलो पटक प्लेयर अफ द म्याच चुनिएका छन् ।

आरिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा नेपाललाई ७ विकेटको सानदार जित दिलाउन अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आरिफले १ सय २ बलमा ४ चौकासहित ५९ रनमा अविजित रहे । यो आरिफको ओडिआई करिअर कै पहिलो अर्धशतक हो । नेपालले ज्ञानेन्द्र मल्ललाई बेन्चमा राख्दै आरिफलाई तेस्रो नम्बरमा ब्याटिङमा पठाएको थियो ।

आरिफले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग मिलेर ८७ रनको साझेदारी गर्दै जितको आधार तय गरे । कुशल भुर्तेल ५० रनमा आउट हुँदा रोहित कुमार पौडेल ४४ रनमा अविजित रहे । आरिफले चौथो विकेटका लागि रोहितसँग ७७ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हार्दै पपुपा न्युगिनीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।

कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । पार्टटाइम बलर आरिफले १० ओभरमा १ मेडनसहित मात्र २१ रन खर्चेर १ विकेट लिएका थिए । आरिफले पपुवा न्युगिनीका राइली हेकुरेलाई १ रनमा बोल्ड आउट गरे । आरिफको यसअघि ओडिआईमा उच्च प्रदर्शन पपुवा न्युगिनीविरुद्ध यसै सिरिजमा ४९ रन थियो । अन्य खेलमा भने उनको प्रदर्शन त्यति राम्रो थिएन ।

यो पनि : नेपालको पपुवा न्युगिनीमाथि सानदार जित

May 15, 2024

विश्वकप जर्सी केल्मीबाट नेपालभर डेलिभर हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि जर्सी नेपालभर डेलिभर गर्ने भएको छ । केल्मीले ३६ सय रुपैयाँमा जर्सी विक्री गर्दैछ । यसअघि प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरिएको थियो भने त्यो अफर समाप्त भइसकेको छ । […]

May 15, 2024

एपिएफ एक खेल अगावै ललितपुर मेयर्स कपको फाइनलमा 

एजेन्सी – नेपाल एपिएफ क्लब काठमाडौँमा जारी ललितपुर मेयर्स कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै उपाधि दावेदार एपिएफ एक खेल बाँकी छँदै फाइनलमा प्रवेश गरेको हो । एपिएफको ३ खेलमा ६ अंक भएको छ । दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा ४ अंक नै बटुलेको छ । ललितपुरको […]

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

Success

Thank you for your time.