3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा ३ विकेट लिएको छ । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ६ ओभरमा ३ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।
पिएनजीका कप्तान असाद भाला ५ र सेसे बाउ २ रनमा अविजित छन् । करण केसीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर टोनी उरा ठूलो सट खेल्ने धुनमा एज लागेर लोकेश बमबाट ५ रनमा आउट भए । त्यसअघिको बलमा मिडअफबाट दीपेन्द्रसिंह ऐरीले हानेको थ्रो बलले स्टम्पनै भाचिँएको थियो ।
अर्को ओभरमा सोमपाल कामीले लेगा सियाकालाई आरिफ शेखबाट २१ रनमा क्याच गराए । १० बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । आक्रामक ब्याटिङ गरेका चाल्र्स अमिनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड भए । उनले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।
नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै […]
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]