default_image

2 years ago

March 30, 2022

नेपालले टस हार्यो, दीलिपको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । नेपालले लोकेश […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा मलेसियासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दीलिपलाई पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले डेब्यू क्याप दिएका हुन् । नेपालले लोकेश बमको स्थानमा दीलिप नाथलाई डेब्यू दिएको हो । नेपालले एक खेलाडी मात्र परिवर्तन गरेको छ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । दीलिप नाथले २०१७ मा युएईविरुद्ध नेपाली सियिनर टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनी २०१८ को एकदिवसिय विश्वकप छनोटमा जिम्बावे भ्रमणमा नेपाली टोलीमा थिए । उनले त्यसै भ्रमणमा उनले स्कटल्यान्डविरुद्ध नेपालबाट अन्तिम खेल खेलेका थिए । उनले ९ लिष्ट ए खेलमा ९७ रन बनाएका छन् ।

दीलिप नाथ बायाँ हाते ब्याटर हुँदा रणनीतिक हिसाबमा थप फाइदा हुनेछ । दीलिपले पछिल्लो समय घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । सिनियर टोलीमा ओपनरको रुपमा खेलेपनि उनले घरेलु क्रिकेटमा तल्लोक्रममा खेल्दै आएका छन् । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई च्याम्पियन बनाउन उनले तल्लोक्रममा राम्रो प्रदर्शन गरेका थिए । नेपाल पुलिस क्लबबाट पनि राम्रो खेल खेलेका थिए ।

मलेसियाले पनि पपुवा न्युगिनीलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । मलेसियाले पिएनजीमाथि सानदार बलिङ र फिल्डिङका साथ जित हात पारेको थियो । तर नेपालको फिल्डिङ र बलिङ भने कमजोर प्रदर्शन गरेको थियो ।

हेड टु हेड :

मलेसिया र नेपालबीच ६ टि२० आई खेल भएको छ । जसमा नेपाल ५ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर) , कुशल मल्ल र रोहित पौडेल ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.