default_image

2 years ago

April 1, 2022

ब्राभो बने आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी

एजेन्सी – चेन्नई सुपर किंग्सका अलराउन्डर ड्वेन ब्राभोले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान बनाएका छन् । बिहीबार राती लखनऊ सुपर जायन्ट्सका दीपक हुडालाई आउट गर्दै लिँदै ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने बलर बने । ब्राभोले मुम्बई इन्डियन्सका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गालाई पछि पार्दै यस सफलता हात पारेका हुन् । उनले १ […]

126 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सका अलराउन्डर ड्वेन ब्राभोले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान बनाएका छन् । बिहीबार राती लखनऊ सुपर जायन्ट्सका दीपक हुडालाई आउट गर्दै लिँदै ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने बलर बने ।

ब्राभोले मुम्बई इन्डियन्सका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गालाई पछि पार्दै यस सफलता हात पारेका हुन् । उनले १ सय ५२ खेलमा १ सय ७१ विकेट लिएका छन् । मलिङ्गाले १ सय २२ खेलमा १ सय ७० विकेट लिएका छन् । त्यस्तै भारतीय अमित मिश्राले १ सय ५४ खेलमा १ सय ६६ विकेट लिएका छन् ।

पियुष चवालाले १ सय ६५ खेलमा १ सय ५७ विकेट लिएका छन् । हरभजनसिंहले १ सय ५०, रविचन्द्रन आश्विनले १ सय ४५ र सुनिल नारायणले १ सय ४४ विकेट लिएका छन् । ब्राभोले २०११ देखि चेन्नईबाट खेल्दै आएका छन् । २०१४ मा चेन्नईले ब्राभोलाई रिटेन गरेको थियो । तर चेन्नई दुई वर्ष प्रतिबन्धमा परेपछि गुजरात लायन्सबाट २०१६ र २०१७ मा खेलेका थिए ।

तर २०१८ मा चेन्नईले पुन टोलीमा फर्काएको थियो । यस सिजमा भने चेन्नईले अक्सनमा ४ करोड ४० लाख भारुमा किनेको थियो । चेन्नईलाई २०१८ र २०२१ को उपाधि जिताउन उनले महत्वपूर्ण प्रदर्शन गरेका थिए । उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । मध्य गतिमा बलिङ गर्ने उनले डेथ ओभरमा लगातार विकेट लिँदै आएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै आएका छन् ।

चेन्नईमाथि लखनऊको सानदार जित

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.