default_image

2 years ago

April 1, 2022

फैज र अजिजको कीर्तिमानी साझेदारीमा पीएनजीलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अहमद फैज र सैद अजिजको उत्कृष्ट ब्याटिङमा मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई १ सय ९७ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले ४३ बलमा ५ […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अहमद फैज र सैद अजिजको उत्कृष्ट ब्याटिङमा मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीलाई १ सय ९७ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले ४३ बलमा ५ बलमा चौका र ३ छक्कासहित ६३ रनको योगदान दिए । उनको यो तेस्रो टि२० आई र पपुवा न्युगिनीविरुद्ध लगातार दोस्रो अर्धशतक हो ।

करिअरको टि२० आईमा उत्कृष्ट प्रदर्शन हो । बायाँ हाते युवा स्टार सैद अजिजले ३५ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
तेस्रो विकेटका लागि अजिज र फैजले १ सय १५ रनको शतकीय कीर्तिमानी साझेदारी गरेका थिए । मलेसियाबाट पहिलो पटक टि२० आईमा शतकीय साझेदारी भएको हो । यसअघि पपुवा न्युगिनीविरुद्ध यसै सिरिजमा विरनदीपसिंह र अहमद फैजले दोस्रो विकेटका लागिनै ९५ रनको उच्च साझेदारी गरेका थिए ।

ओपनर विरनदीपसिंह १५ बलमा १ चौकासहित १० रनमा आउट भए । ओपनर जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । पपुवा न्युगिनीका काबुआ मोरेआले ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।

पपुवा न्युगिनीलाई फाइनलमा पुग्न मलेसियालाई फराकिलो अन्तरले हराउनुपर्छ । त्यतिमात्र होईन अन्तिम खेलमा शनिबार मलेसियाले नेपालसँग पनि फराकिलो अन्तरले हार्नु पर्छ । यो अवस्थामा दुबै टोलीको २-२ अंक हुँदा नेटरनरेटको आधारमा पपुवा न्युगिनी फाइनलमा पुग्न सक्छ । पपुवा न्युगिनी पहिलो खेलमा नेपालसँग १५ रन , मलेसियासँग ८ रन र नेपालसँग ३७ रनले पराजित भएको थियो ।

मलेसिया यस खेलमा विजयी भएमा भने स्वत फाइनलमा पुग्नेछ । यस खेलमा पराजित भए पनि अन्तिम खेलमा नेपाललाई हराएमा मलेसिया फाइनलमा पुग्नेछ । ९ ओभरमा २ विकेट गुमाउँदै ७६ रन बनाएको छ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.