default_image

2 years ago

April 2, 2022

शतकधारी दीपेन्द्र बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी शतकधारी दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ८५ रनको जित दिलाउन दीपेन्द्रले शतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाललाई जिताउन दीपेन्द्रले १ सय १० रनको शतकीय इनिङ खेल्नुको साथै २ विकेट लिएका थिए । जितका लागि २ सय २४ रनको […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी शतकधारी दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् ।

नेपाललाई ८५ रनको जित दिलाउन दीपेन्द्रले शतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाललाई जिताउन दीपेन्द्रले १ सय १० रनको शतकीय इनिङ खेल्नुको साथै २ विकेट लिएका थिए । जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रनमा आउट भए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय १० रनमा अविजित रहे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए । उनी नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् ।

यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि२० आईमा शतक प्रहार गरेका थिए । यसअघि टि२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो । दीपेन्द्र नेपालबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडेका हुन् ।

ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ खेलेका थिए । फाइनलमा सोमबार नेपाल र पीएनजीबीच प्रतिस्पर्धा हुनेछ ।

दीपेन्द्रको कीर्तिमानी शतक

दीपेन्द्रको कीर्तिमानी शतकमा नेपालको सानदार जित

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.