default_image

2 years ago

April 3, 2022

‘फाइनलमा शतप्रतिशत दिनेछौं’ – कप्तान सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध आफ्नो शतप्रशित दिने बताएका छन् । सन्दीपले सोमबार फाइनल खेल्नुअघि उक्त प्रतिक्रिया दिएका हुन् । ‘भोलीको खेल सबै जनाको लागि उतिकै महत्वपूर्ण छ । केहि दबाबको कुरा पनि छैन । हामीले हाम्रो तर्फबाट दिनसक्ने शतप्रतिश दिनेछौं, सन्दीपले फाइनलअघि […]

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध आफ्नो शतप्रशित दिने बताएका छन् । सन्दीपले सोमबार फाइनल खेल्नुअघि उक्त प्रतिक्रिया दिएका हुन् ।

‘भोलीको खेल सबै जनाको लागि उतिकै महत्वपूर्ण छ । केहि दबाबको कुरा पनि छैन । हामीले हाम्रो तर्फबाट दिनसक्ने शतप्रतिश दिनेछौं, सन्दीपले फाइनलअघि भने ।’

तीव्र गतिका बलर कमलसिंह ऐरी मलेसियासँगको खेलमा घाइते भएका थिए । उनको बायाँ हातको कुमको हड्डी भाचिँएको हुँदा आइतबार शल्यक्रियानै भएको छ । ‘कमलको चोट चाँडो ठिक होस् । उनी केहि महिना यता देखि नेपालको एक उत्कृष्ट बलर हुन् । पक्कैपनि हामीलाई कमलको कमी महसुस हुनेछ’, उनले भने ।

सन्दीपले टोलीमा परिवर्तन नहुने संकेत दिएका छन् । मलेसियासँग तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदै कमललाई खेलाएको थियो । कमल घाइते हुँदा सोमपाल टोलीमा फर्कने छन् ।

‘सिरिजमा हामीले जति अनुभव गर्नु परेको थियो । त्यो गरेका छौं । अब फाइनल खेल छ । अहिलेसम्म जति अनुभव गर्नुपर्ने थियो त्यो गरेका पनि छौं । अन्तिम खेलमा सोमपाललाई विश्राम दिएका थियौं । त्यो बाहेक खासै अरु सम्भावना छैन । हामी हाम्रो उत्कृष्ट प्लेइङ ११ उतार्ने छौं’, सन्दीपले भने ।

सन्दीपलाई आफ्नो कप्तानीमा पहिलो उपाधि जित्ने अवसर हुनेछ । ‘म कप्तान भएपनि नभएपनि पहिला कुरा म यो टोलीको सदस्य हो । जति खुसी अरुलाई लाग्छ मलाई पनि त्यतिनै लाग्छ’, उपाधिबारे सन्दीपले भने ।

फाइनलमा घरेलु समर्थक सामु नेपालले खेल्नेछ । समर्थकलाई १२ औं खेलाडी पनि भन्ने गरिन्छ । तर समर्थकले गर्दा टोलीलाई दबाब पनि पर्न सक्छ । सन्दीप दर्शक सामु खेल्न मनपर्ने बताउँछन् ।

‘मलाई दबाबको खेलमा एकदमै मन पर्छ । हामी बारम्बार भन्दै आएका छौं वहाँहरु हाम्रो टोलीको बलियो पक्ष नै हुनुहुन्छ । नेपालमा समर्थकहरु उत्कृष्ट हुनुहुन्छ । वहाँहरु सधैं हाम्रो लागि उपस्थित भएर हुनुहुन्छ’, उनले भने ।

टियुको पिचमा लगातार रन बन्दै आएको छ । यो अवस्थाम बलरले के गर्नुपर्छ भन्ने प्रश्नमा मलेसियालाई हराएपछि सन्दीपले भने, ‘खासमा आफूले गल्ती गर्नु भएन । थोरै गल्ती गर्दापनि बलरहरुको लागि नराम्रो छ । ब्याटिङ गर्नको लागि एकदमै राम्रो विकेट छ । गतवर्षको सिरिज भन्दापनि राम्रो विकेट भएको छ । यो विकेटमा तीव्र गतिका बलरले योजना अनुसार काम गर्न एकदमै आवश्यक छ।’

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.