default_image

2 years ago

April 4, 2022

फाइनल हेर्न पूर्वकप्तान पारस मैदानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनीबीचको फाइनल हेर्न टियु मैदान पुगेका छन् । नेपालले टस हारेर पहिला ब्याटिङ गरि रहँदा पारस खड्काले काउकर्नरमा रहेको मिडिया बक्समा बसेका खेल हेरि राखेका छन् । पारससँगै स्पिनर ललित राजवंशी र कर्णाली प्रदेशका रविन्द्रजंग शाही […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनीबीचको फाइनल हेर्न टियु मैदान पुगेका छन् ।

नेपालले टस हारेर पहिला ब्याटिङ गरि रहँदा पारस खड्काले काउकर्नरमा रहेको मिडिया बक्समा बसेका खेल हेरि राखेका छन् । पारससँगै स्पिनर ललित राजवंशी र कर्णाली प्रदेशका रविन्द्रजंग शाही छन् ।

पारसले गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस पछिल्लो समय क्रिकेट एकेडेमीमा ब्यस्त रहँदै आएका छन् । पारस सहित पाँच जना मिलेर बालुवाटारमा क्रिकेट एक्सिलेन्स सेन्टर (सिईसी) मा ब्यस्त रहँदै आएका छन् ।

पारसको कप्तानीमा नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाएको थियो । पारस नेपालबाट टि२० आई र ओडिआई दुबैमा पहिलो शतक प्रहार गर्ने खेलाडी समेत हुन् ।

पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले ओडिआईमा २०१८ अगष्ट ए मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । अन्तिम ओडिआई खेल घरेलु मैदानमा अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा खेले । पारसले ओडिआईमा एक शतक सहित कुल ३ सय १५ रन बनाएका छन् । पारसले ओडिआईमा ९ विकेट लिदा उत्कृष्ट प्रदर्शन ४–२६ छ ।

पारसले ३३ टि२० आई खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । टि२० विश्वकपमा बंगलादेशविरुद्ध टि२० आईमा डेब्यू गरेका पारसको अन्तिम खेल थाईल्यान्डविरुद्ध रह्यो । लिष्ट ए मा पारसले ३ शतक र ९ अर्धशतक सहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टि२० क्रिकेटमा कुल २८ विकेट लिदा १ हजार ३ सय १७ रन जोडेका छन् ।

पारसको सम्पूर्ण क्रिकेट जीवनी, सफलता र प्रदर्शन बारे सम्पूर्ण जानकारी : पारस युगको अन्त्य

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.