default_image

2 years ago

April 6, 2022

विश्वकपका सर्वोत्कृष्ट बिवाहीत जोडी

118 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइतबार इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक आइसिसी एकदिवसिय महिला विश्वकपको उपाधि जित्यो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेली प्लेयर अफ द सिरिज र फाइनल दुबै चुनिन् ।

हेलीले फाइनलमा इंग्ल्यान्डविरुद्ध १ सय ३८ बलमा २६ चौका सहितसहित १ सय ७० रनको विश्व कीर्तिमानी शतकीय इनिङ खेलिन् । त्यसैको सहयोगमा अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो । विश्वकप फाइनलमा कुनैपनि एक ब्याटरले बनाएको यो सर्वाधिक ठूलो योगफल हो ।

हेलीले अष्ट्रेलियाका पूर्व विकेटकिपर एडम गिलक्रिष्टले २००७ को विश्वकपमा श्रीलंकाविरुद्ध १ सय ४९ रनको इनिङ खेलेका थिए । हेली एकै महिला विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनिन् । उनले ९ इनिङमा ५ सय ७ रन बनाउँदै प्रतियोगिता प्लेयर अफ द टुनामेन्ट चुनिन् । सेमिफाइनलमा हेलीले वेस्टइन्डिजविरुद्ध १ सय ७ बलमा १७ चौका र १ छक्कासहित १ सय २९ रनको उत्कृष्ट शतकीय इनिङ खेलिकी थिइन् ।

हेलीका श्रीमान अष्ट्रेलिया विश्व प्रसिद्ध तीव्र गतिका बलर मिचेल स्टार्क हुन् । उनले मैदान बाहिर बसेर फाइनलमा हेलीलाई उर्जा दिएका थिए । २०१५ मा अष्ट्रेलियाले एकदिवसिय विश्वकप जित्दा स्टार्क सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । स्टार्कले २२ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

सन् २०१९ को एकदिवसिय विश्वकपमा स्टार्कले २७ विकेट लिँदै यस कीर्तिमान कायम गरेका थिए । त्यसैले यी दुई जोडीलाई विश्वकपका सर्वोत्कृष्ट जोडी भन्ने गरिन्छ । २०२० को टि२० विश्वकप उपाधि जिताउन हेलीले फाइनलमा भारतविरुद्ध ३९ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेलेकी थिइन् ।

२०१५ को विश्वकपमा हेली मैदानमै पुगेर हौसला दिएकी थिइन् । स्टार्क श्रीमतीको फाइनल हेर्न २०२० मा दक्षिण अफ्रिकामा तेस्रो ओडिआई खेल छाडेर नै स्वदेशनै फर्किएका थिए । यी विवाहीत जोडी एक अर्काका हौसला र उर्जाका श्रोत हुन् । यो दुबै जनाको लागि दुर्लभ उपलब्धी हो ।

कमै विवाहित जोडीले मात्र क्रिकेट खेल्ने गर्दछन् । त्यसमा पनि विश्वकप खेल्दै उपाधिका साथ सर्वोत्कृष्ट खेलाडी बन्नु विश्वमै पहिलो विवाहित जोडी हुन् । यी दुई विवाहीत जोडीलाई धेरैले ठूला खेलका खेलाडी पनि भन्ने गर्दछन् । अर्थात महत्वपूर्ण खेल र प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्ने खेलाडी ।

श्रीमानले एकै विश्वकपमा सर्वाधिक विकेट लिनु र श्रीमतीले सर्वाधिक रन बनाउनु कुनै सामान्य उपलब्धी होईन । २०१५ को विश्वकप जित्दा हेली श्रीमानसँग गएर खुसी मनाएकी थिइन् । अहिले स्टार्क श्रीमातीसँग च्याम्पियन खुसी मनाएका छन् । यी विवाहित जोडीले भने विश्वकपमा दुर्लभ सफलता हात पारेका छन् ।

हेली र स्टार्क पहिलो पटक नौं वर्षको हुँदा भेट भएको बताइन्छ । क्रिकेट खेल्दै जादा विस्तारै यी दुई जोडी प्रेमा बाँधिए । पछि दुबै विश्वका स्टार खेलाडी बने । स्टार्क बलर र हेली विकेटकिपर ब्याटर । लामो प्रेम यात्रापछि २०१५ मा विवाह गर्ने निर्णय लिएका थिए ।

२०१६ अप्रिल १५ मा भने यी दुई औपचारिक रुपमा बैविवाहिक जीवनमा बाँधिएका थिए । स्टार्कले पछिल्लो समय आइपिएल नखेल्नुमा परिवार र श्रीमतीलाई समय दिन एक कारण बताउँदै आएका छन् ।

यो पनि : क्रिकेटका ४ विवाहित जोडी

एउटै समयमा एकै देशविरुद्ध श्रीमान र श्रीमतीको ब्याटिङ

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

Success

Thank you for your time.