default_image

2 years ago

March 10, 2022

एउटै समयमा एकै देशविरुद्ध श्रीमान र श्रीमतीको ब्याटिङ

76 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदमा एकै खेलमा श्रीमान श्रीमती खेलेको कम छन् । एकै खेलका विवाहित जोडी हुँदा एकअर्कालाई धेरै सहयोग पुग्नेगर्दछ । एकै समयमा विवाहित जोडी एकै देशविरुद्ध मैदान उत्रेको घटना विरलै देखिन्छन् । संयोग मान्नुपर्छ मंगलबार अष्ट्रेलिया विश्व चर्चित तीव्र गतिका बलर मिचेल स्टार्क र एलिसा हेली एकै समयमा पाकिस्तानविरुद्ध खेलेका थिए ।

मंगलबार विहान श्रीमान स्टार्क पाकिस्तानसँग पहिलो टेस्टको पाँचौं दिन रावलपिन्डीमा बलिङ र ब्याटिङ गरे । सोहि समयमा श्रीमती एलिसा हेलीले भने आइसिसी महिला एकदिवसिय विश्वकपमा न्युजिल्यान्डमा अष्ट्रेलियाबाट पाकिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ र विकेटकिपरको भूमिका निर्वाह गरिन् । एक समय दुवै जना पाकिस्तानविरुद्ध क्रिजमा ब्याटिङ गरिरहेका थिए ।

महिला विश्वकपमा अष्ट्रेलियाले लगातार दोस्रो जित हात पार्नेक्रममा पाकिस्तानलाई ७ विकेटले हरायो । ओपनर हेली ७९ बलमा ७ चौकासहित ७२ रन जोड्दै प्लेयर अफ द म्याच चुनिइन् । हेलीको अर्धशतकमा अष्ट्रेलियाले १ सय ९१ रनको विजयी लक्ष्य ३४.४ ओभरमा ३ विकेटको क्षतिमा सहजै पूरा गर्यो ।

उता पाकिस्तानमा भने स्टार्कको प्रदर्शन राम्रो हुन सकेन । ब्याटिङ सहयोगी पिचमा स्टार्क विकेटविहीन बने । पहिलो इनिङमा स्टार्कले २४ ओभरमा ५ मेडनसहित ७१ रन खर्चिए । ब्याटिङमा ४५ बलमा १३ रन बनाउँदै शाहिन शाह अफ्रिदीको बलमा एलबीडब्लू आउट भए । दोस्रो इनिङमा स्टार्कले ७ ओभरमा १ मेडनसहित २९ रन खर्चे ।

पाकिस्तानले पहिलो इनिङमा ओपनर इमाम उल हकको १ सय ५७ र अहजर अलीको १ सय ८५ रनको शतकीय इनिङमा ४७६–४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । उस्मान खवाजाको ९७, मार्नस लाबुसेनको ९०, डेविड वार्नरको ६८ र स्टिभ स्मिथको ७८ रनको सहयोगमा अष्ट्रेलिया ४ सय ५९ रनमा अल आउट भएको थियो । दोस्रो इनिङमा पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक १ सय ३६ र इमाम उल हक १ सय ११ रनमा अविजित रहेपछि खेल ड्र (नतिजा विहीन) हुँदै सकिएको थियो ।

स्टार्क र हेली दुवै विश्व क्रिकेटका चर्चित खेलाडी हुन् । स्टार्क तीव्र गति र योर्करका लागि विश्व प्रसिद्ध बलर हुन् । २०१५ को एकदिवसिय विश्वकप जिताउन स्टार्कले २२ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । २०२० को महिला टि२० विश्वकपको फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियालाई उपाधि जिताउन हेलीले ३९ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको आक्रामक इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएकी थिइन् । उक्त विश्वकप फाइनल हेर्न दक्षिण अफ्रिका ओडिआई खेल्न पुगेका स्टार्क तेस्रो खेल छाडेर अष्ट्रेलिया फर्किएका थिए । भिआइपि बक्सबाट स्टार्कले श्रीमतीलाई हौसला प्रदान गरेका थिए ।

हेली आक्रामक ब्याटिङको लागि प्रसिद्ध छिन् । हेली र स्टार्कले २०१६ मा विवाह गरेका थिए । यी दुबै खेलाडी एकदशक देखि अष्ट्रेलिया प्रमुख हतियार हुँदै आएका छन् । ३२ वर्षिय स्टार्कले ६७ टेस्टमा २ सय ७४ विकेट, ९९ ओडिआईमा १ सय ९५ र ५० टि२० आईमा ६० विकेट लिएका छन् । ३१ वर्षिय हेलीले ६ टेस्ट,८७ ओडिआई र १ सय २३ वुमन्स टि२० आई खेलेकी छिन् ।

यो पनि : क्रिकेटका ४ विवाहित जोडी

क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.