default_image

2 years ago

April 14, 2022

रुपन्देही र मलेसिया फाइनलमा

एजेन्सी – रुपन्देही–११ र मलेसिया–११ भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा भिजेको आउटफिल्डको कारण मलेसिया र उत्तर प्रदेशबीचको खेल ५–५ ओभरमा झारिएको […]

150 views

0 Bookmark

एजेन्सी – रुपन्देही–११ र मलेसिया–११ भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेमिफाइनलमा भिजेको आउटफिल्डको कारण मलेसिया र उत्तर प्रदेशबीचको खेल ५–५ ओभरमा झारिएको थियो । सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङ थालेको मलेसियाले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ४४ रन बनायो ।

मलेसिया ओपनर सैद अजिजले १३ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाए । विरनदीप सिंहले १४ बलमा ३ चौकासहित २० रन बनाए । युपीका राज यादवले १ ओभरमा २ रन खर्चेर ३ विकेट लिए ।

४५ रनको विजयी लक्ष्य पछ्याएको युपीले ५ ओभरमा ४ विकेट गुमाउँदै ३० रन बनायो । शुभम चौधरीले सर्वाधिक ११ रन बनाए । मलेसियाका विरनदीप सिंहले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी १९.४ ओभरमा १ सय ३ रनमा अल आउट भयो । आर्मीका रोहित पौडेलले ४० बलमा ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । हरि चौहान १७, राजेश पुलामी १३, विनोद भण्डारी डक, सोमपाल कामी ६ र कुशल मल्ल १ रनमा आउट भए ।

रुपन्देहीका बशिर अहमद र रुपेश कुर्मीले २–२ विकेट लिए । कृष्ण कार्की र विक्रम भुषालले १–१ विकेट लिए । १ सय ४ रनको विजयी लक्ष्य रुपन्देहीले १७.३ ओभरमा पूरा गर्यो । रुपन्देहीका बशिर अहमदले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

सन्दीप रजाली १९, विशाल विक्रम केसी १३ र सौरभ खनाल १० रनमा आउट भए । आर्मीका विक्रम सोबले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । फाइनल शनिबार हुनेछ । समूह चरणमा रुपन्देहीले मलेसियालाई ६ विकेटले हराएको थियो ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.