default_image

2 years ago

April 16, 2022

मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई साता अघि नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको मलेसियालाई हराउँदै क्रिकेट एसोसियसन अफ रुपन्देही-११ ले प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीले मलेसियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

१ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीको जितमा विकेटकिपर प्रज्वल थापाले ६१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । सन्दीप रजालीले ४५ बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाए ।

ओपनर देव खनाल १२ रनमा सैद अजिजको बलमा कट एण्ड बोल्ड आउट भएपनि त्यसपछि प्रज्वलले सानदार ब्याटिङका साथ च्याम्पियन बनाएका हुन् । दोस्रो विकेटका लागि प्रज्वल र सन्दीपले १ सय १२ रनको शतकीय साझेदारी गर्दै जित पक्का गराए । कृष्ण कार्की र बशिर अहमदले २-२ रन बनाए । मोहम्मद वफिक, सायद अजिज र सर्भिन मुनिएन्डीले समान १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । मलेसियाका नाजरिल रहमानले २२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए । मोहम्मद आमिर १८, विरनदीप सिंह ११, जुबैदी जुल्किफ्लिी २६, अहमद फैज १२ र सैद अजिज २० रनमा आउट भए ।

बशिर अहमद ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुषाल र विशाल विक्रम केसीले १-१ विकेट लिए । मलेसिया नेपाल र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्न आएको थियो । उक्त सिरिज खेलेर प्रो क्लब खेल्न भैरहवा पुगेको थियो । समूह चरणमा मलेसियालाई रुपन्देहीले ६ विकेटले हराएको थियो ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.