3 years ago
April 23, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३६ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ ।
बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोर छैटौं जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा हुनेछ । यता हैदराबाद ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । हैदराबाद पनि सानदार प्रदर्शनका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ ।
विश्व क्रिकेटका एक उत्कृष्ट कप्तान केन विलियम्सनले नेतृत्व गरेको हैदराबादले सुरुवाती दुई खेल हारेपनि त्यसपछि लगातार चार खेलमा जित निकालेको छ । विलियम्सन प्रदर्शनमात्र नभएर आफ्नो उत्कृष्ट कप्तानीमा पनि खेल मोड्न सक्ने क्षमता भएका खेलाडी हुन् ।
हैदराबादले चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सलाई ८–८ विकेटले हराएको थियो । गुजरातलाई हराउने हैदराबाद एक्लो टोली हो । कोलकाता र पन्जाब किंग्सलाई ७–७ विकेटले पराजित गरेको थियो । दक्षिण अफ्रिका ब्याटर एडेन माक्ररम राम्रो लयमा छन् । ओपनर अभिषेक शर्मा र केन विलियम्सनले राम्रो सुरुवात दिलाउँदै आएका छन् ।
राहुल त्रिपाठी, एडेन माक्ररम र निकोलस पुरन लयमा हुँदा हैदराबादको ब्याटिङ मजबुत बनेको छ । तल्लोक्रम भने केहि कमजोर छ । हैदराबादको तीव्र गतिको बलिङ आक्रामण पनि उत्कृष्ट छ । हैदराबादले भुवनेश्वर कुमार, उमरन मलिक, मार्को ज्यानसन र टि नटराजनलाई खेलाउँदै आएको छ ।
मलिक १ सय ५० माथिको तीव्र गतिमा फ्याल्न सक्छन् । नटराजन योर्करका लागि चर्चित छन् । भुवनेश्वर र ज्यानसनले नयाँमा राम्रो गर्ने गर्दछन् । केन विलियम्सनको उत्कृष्ट कप्तानी, लयमा रहेको ब्याटिङ लाइनअप र मजबुत तीव्र गतिको बलिङ आक्रामण सामना गर्न बेंगलोरलाई सहज भने हुनेछैन ।
बेंगलोरले पछिल्लो खेलमा लखनऊ सुपर जायन्टसलाई १८ रनले हराएको थियो । तीव्र गतिका बलर जोश हेजलवुड प्रमुख हतियार हुन् । लखनऊलाई हराउन हेजलवुडले ४ विकेट लिएका थिए । गतवर्ष अष्ट्रेलियालाई टि२० विश्वकप जिताउन उत्कृष्ट प्रदर्शन गरेका हेजलवुडको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनलाई हर्षल पटेलले साथ दिनेछन् । डेथ ओभरमा पटेलले लगातार उच्च प्रदर्शन गरेका थिए ।
लखनऊविरुद्ध कप्तान फाफ डु प्लेसिसले ९६ रनको इनिङ खेलेका थिए । ओपनर अनुज रावतबाट राम्रो सुरुवात चाहन्छ । तेस्रो नम्बरमा विराट कोहली र ग्लेन म्याक्सवेलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । कोहली पछिल्लो खेलमा गोल्डेन डक आउट भएका थिए । कोहली र म्याक्सवेलबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । यी दुबै खेलमा लयमा भने देखिएका छैनन् ।
शहबाज अहमद र दिनेश कार्तिक राम्रो लयमा छन् । उच्च लयमा रहेका कार्तिकले फिनिसरमा लगातार उत्कृष्ट प्रदर्शन गरेका थिए । दीनेशको प्रदर्शनले पनि धेरै फरक पार्ने देखिन्छ । वानिन्दु हसरंगा र अहमद स्पिन हतियार हुन् । हेजलवुड, म्याक्सवेल र पटेल प्रमुख हतियार हुन् ।
हेड टु हेड :
आइपिएलमा हैदराबाद र बेंगलोरबीच कुल २० खेल भएका छन् । हैदराबाद ११ र बेंगलोर ८ खेलमा विजयी भएको छन् ।
अंक तालिका
राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।
लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।