4 years ago
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले घरेलु मैदान टियुमा जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्दैछ । जिम्बावेले नेपाल आउने १५ सदस्य ए टोली घोषणा गर्दा ८ खेलाडीले सिनियर टोलीबाट खेलेका छन् ।

जिम्बावे जुलाईमा हुने आइसिसी टि२० विश्वकप छनोट ए को तीव्र तयारीमा छ । नेपाल र जिम्बावे ए बीचको सिरिज वैशाख १७ देखि २६ सम्म टियु मैदानमा चल्नेछ । जिम्बावे ११ ले दक्षिण अफ्रिका ए सँग वैशाख १२ देखि २७ सम्म तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्नेछ ।
जिम्बावेका सिकन्दर राजा, रयान बर्ल, मधर्वे विस्ली र ब्लेसिङ मुर्जाबानी जस्ता खेलाडी नेपाल आउने छैनन् । तर नेपाल आउने टोलीमा केहि भने अनुभवी खेलाडी छन् । नेपाल आउने जिम्बावे ए का पाँच प्रमुख खेलाडी यस प्रकार छन् ।
५. तडिवानासे मरुमणि

२० वर्षीय शीर्षक्रमका बायाँ (देब्रे) खेलाडी तडिवानासे मरुमणि जिम्बावेको भविष्य हुन् । शारीरिक उचाईमा छोटा कदका भएपनि मैदानले उनले आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्ने गर्दछन् । २०२० को यू–१९ विश्वकप उनले ६ खेलमा २ सय ५७ रन बनाएका थिए । उक्त विश्वकपमा स्कटल्यान्डविरुद्ध ८५ रनको आक्रामक इनिङ खेलेका थिए ।
उनले जिम्बावेको सिनियर टोलीबाट ३ ओडिआई र ११ टि२० आई खेल खेलेका छन् । गतवर्ष जुलाईमा उनले ओडिआईमा बंगलादेश र अप्रिलमा पाकिस्तानविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए ।
स्पिन बल निकै राम्रो खेल्ने हुँदा नेपालको ब्याटिङ सहयोगी पिचमा थप खुलेर खेल्न सक्छन् । जिम्बावेको विश्वकप छनोट टोलीमा पर्न नेपालमा सामान्य प्रदर्शनले नहुने हुँदा उनी उत्कृष्ट इनिङ खेल्ने सोचमा हुनेछन् ।
४ . टिनोटेन्डा मुटोम्बोड्जी

टिनोटेन्डा मुटोम्बोड्जी नेपाल टोलीका कप्तान हुन् । उनले जिम्बावेबाट १ टेस्ट, १४ ओडिआई र १५ टि२० आई खेले खेलेका छन् । उनी लेगस्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
उनले टेस्टमा ४१ रन, ओडिआईमा १ सय ७७, टि२० आईमा १ सय ३४ रन बनाएका छन् । ८८ प्रथम श्रेणीको खेलमा ५ शतक र १२ अर्धशतकसहित ३ हजार ५ सय २२ रन बनाएका छन् । १ सय ५ लिष्ट ए खेलमा १ हजार ७ सय ३० रन बनाएका छन् । प्रथम श्रेणीमा १ सय ६१ र लिष्ट ए मा ६२ विकेट लिएका छन् ।
३ . मभुता ब्रेन्डन

जिम्बावेका मभुता ब्रेन्डन लेग स्पिनर र एक उत्कृष्ट फिल्डर हुन् । २५ वर्षीय उनले जिम्बावेमा राम्रो प्रभाव छाडि सकेका छन् । उनले २ टेस्ट, ७ ओडिआई र ५ टि२० आई खेल खेलेका छन् ।
ओडिआईमा ७ र टेस्टमा ४ विकेट लिएका छन् । २०१८ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गर्दै दोस्रो इनिङमा ४ विकेटका साथ जित सहज बनाएका थिए । तल्लोक्रममा ब्याटिङमा पनि योगदान दिन सक्ने खेलाडी हुन् । उनीसँग ३६ प्रथम श्रेणी र ३८ लिष्ट ए खेलको अनुभव छ । लिष्ट ए मा उनले एकै खेलमा ८ विकेट लिएका छन् ।
२.न्याउची भिक्टर

२९ वर्षीय जिम्बावेका न्याउची भिक्टर तीव्र गतिका बलर हुन् । न्याउची नेपाल आउने एक ठूला नाम हुन् । उनले जिम्बावेबाट ६ टेस्ट खेल्दै १५ विकेट लिएका छन् । उनी तीव्र गति र योर्करका लागि चिनिन्छन् । ५५ प्रथम श्रेणी खेलमा उनले १ सय ७८ विकेट लिएका छन् । अनुभवी बलर हुँदा नेपाली ब्याटरमाथि हाबी हुनसक्छन् ।
१. ल्यूक जोंगवे

२७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । तीव्र गतिका बलिङ अलराउन्डर जोंगवेले ओडिआईमा ३३ विकेट र टि२० आईमा ३३ विकेट लिएका छन् ।
गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा उनले ३.५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । पाकिस्तानसँगको तेस्रो टि२० आई खेलमा ३ विकेट लिएका थिए ।

दोस्रो र तेस्रो खेलमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजमलाई आउट गरेका थिए । उनले २०१६ मा ५.१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिएपछि अफगानिस्तान ओडिआई खेलमा ५८ रनमा अल आउट भएको थियो ।
उनले राम्रो ब्याटिङको क्षमता पनि राख्छन् । ओडिआईमा २ सय ७६ र १ सय ५८ रन बनाएका छन् । पावर प्ले र डेथ ओभर दुबैमा राम्रो बलिङ गर्दछन् ।
नेपाल र जिम्बावे ए बीचको सिरिजले लिष्ट ए र टि२० मान्यता नपाउने
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]