4 years ago
April 26, 2022
एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को सिजन आफूहरुले चाहे जस्तो नगएको बताएका छन् । आइतबार राती पाँच पटकको च्याम्पियन मुम्बईले लगातार आठौं खेलमा हारपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

आइतबार लखनऊ सुपर जायन्ट्सँग ३६ रनले पराजित भएसँगै मुम्बईको प्ले अफ सम्भावना लगभग सकिएको छ । ‘मलाई लाग्छ हामीले यस खेलमा राम्रो बलिङ गर्यौ । यो सजिलो थिएन । ब्याटिङ गर्न पिच राम्रो थियो । मैले सोचे यो लक्ष्यलाई पूरा गर्नुपर्छ । तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौं’, लखनऊसँग हारपछि रोहितले भने ।
जितको लागि १ सय ६९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । ‘जब तपाईंसँग यस्तो लक्ष्य छ । त्यहाँ एउटा राम्रो साझेदारीको आवश्यक पर्छ । तर मध्यक्रममा केहि गैरजिम्मेवारी सटहरु भए । त्यसमा मेरो पनि छ । त्यसैले हामीले गति पाएनौंं’, रोहितले भने । त्यसैमा थपे, ‘तिनीहरुले वास्तवमै राम्रो बलिङ गरे । हामीहरुले यो प्रतियोगिताभर राम्रो ब्याटिङ गर्न सकेनौं ।’

रोहितले मध्यक्रममा खेल्ने ब्याटरले जिम्मेवारी लिनुपर्ने बताउँछन् । ‘ मध्यक्रममा खेल्ने जो सुकै खेलाडीले त्यो जिम्मेवारीका साथ ठूलो इनिङ खेल्नुपर्छ । केहि विपक्षी खेलाडीहरुले त्यसो गरेका छन् । त्यसले हामीलाई भने पीडा दिएको छ । एक खेलाडीले सकेसम्म अन्तिम सम्म ठूलो इनिङ खेल्न आवश्यक छ । हाम्रो प्रतियोगिता कस्तो भयो सबैले चर्चा गरेका छन्,’ रोहितले निराश हुँदै भने ।
‘हामीले टोलीमा धेरै परिवर्तन नगर्ने प्रयास गर्यौ । संभव भएसम्म राम्रो संयोजनमा खेल्न प्रयास गरेका छौं । तर तपाईंहरु हार्नुहुन्छ भने धेरै चर्चा हुन्छ । मैले खेलाडीहरुलाई आफूलाई प्रमाणित गर्ने पर्याप्त मौका दिन चाहन्छु । यस सिजन हामीले चाहेको जस्तो गएको छैन । तर यस्तो हुन्छ, उनले भने ।’

मुम्बई आइपिएलमा सर्वाधिक उपाधि जित्ने टोली हो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा गरि पाँच उपाधि जितेको छ । मुम्बईपछि चेन्नईले ४ उपाधि जितेको छ । चेन्नई पनि यस सिजनमा ८ खेलमा २ मा जित र ६ मा हारका साथ नवौं स्थानमा रहँदै संघर्ष गरेको छ । आइपिएल इतिहासमा सुरुवाती आठ खेल लगातार हार्ने मुम्बई पहिलो टोली हो ।
मुम्बईले आफ्नो नवौं खेल शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ । मुम्बईले बाँकी ६ खेलमा जित्दा पनि १२ अंकका साथ शीर्ष चारमा स्थान बनाउने सम्भावना भने देखिदैन । मेगा अक्सनको कारण नयाँ टिम निर्माण र अक्सनमा टिम सन्तुलनमा ध्यान नदिँदा मुम्बईले आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]