काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना मलेसियामा हुने यू–१९ वुमन्स विश्वकप एसिया क्षेत्रको छनोटको लागि दोस्रो चरणमा १८ सदस्य टोली घोषणा गरेको छ । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

अर्को वर्ष पहिलो पटक दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले पहिलो चरणको तयारी स्वरुप क्यानले दुई साताअघि ४४ सदस्य टोली बोलाएको थियो । उक्त प्रशिक्षणबाट २६ खेलाडी बाहिरिएका हुन् । दुई महिना अघि धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै टोली बोलाएको थियो । प्रशिक्षण बैशाख १० देखि पोखरामा सुरु भएको थियो ।
एसिया क्षेत्र छनोटमा नेपाल, युएई, मलेसिया, कतार, चीन, भुटान, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष स्थानमा रहने टोलीले २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू(१९ टि२० वुमन्स विश्वकप खेल्न पाउनेछ ।

यू१९ विश्वकप २०२३ मा जनवरी फेब्रुअरीमा हुने छ । प्रतियोगितामा कुल १६ टोली सहभागी हुँदा ४१ खेल हुनेछन् । एसिया छनोट भने जुन पहिलो साता हुने क्यानले जनाएको छ । नेपालले अन्तिम १४ सदस्य टोली केहि दिनपछिको प्रशिक्षणपछि सार्वजनिक गर्नेछ ।
नेपालको १८ सदस्य खेलाडी :
किरण कुमारी कुँवर, सोनु राजवंशी, टिका साह, श्रृष्टी धामी, सावित्री धामी, एलिसा यादव, रञ्जु श्रेष्ठ, अन्जली बिके, हिरनमयी रोय, एलिसा खडिया, कृतिका मरासिनी, मनिषा उपाध्य, स्नेहा महरा, निसा साह, मनिषा रानामगर, प्रतिमा साह, ज्योत्स्निका मरासिनी र मनिषा चौधरी ।