default_image

2 years ago

May 2, 2022

‘यहाँबाट सिक्ने भन्दापनि अर्को स्तरमा कसरी पुग्ने भन्ने सोच छ’– सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यहाँबाट सिक्ने भन्दापनि अव अर्को स्तरमा कसरी पुग्ने भन्ने सोच रहेको बताएका छन् । सोमबार भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्ध भएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘सिरिज जोगाउन कुनै दबाब छैन । एउटा खेल थियो । […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यहाँबाट सिक्ने भन्दापनि अव अर्को स्तरमा कसरी पुग्ने भन्ने सोच रहेको बताएका छन् । सोमबार भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्ध भएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘सिरिज जोगाउन कुनै दबाब छैन । एउटा खेल थियो । दुर्भाग्य आजको खेल पानीको कारण रद्ध भएपछि पक्कैपनि हामी सिरिज जित्न त सक्दैनौं । बुधबार हामी राम्रो प्लानको साथ आउने छौं । आज पनि हामीले केहि सुधार गर्न सक्छौं । जिम्बावेको टोलीले पनि राम्रो खेलेको हो’, वर्षाको कारण खेल रद्ध भएपछि सन्दीपले भने ।

‘एकदमै राम्रो ब्याटिङ विकेट (पिच) छ । १ सय ९० रन पनि बचाउन सकिन्छ भन्ने पक्का छैन । यस्तो विकेट बाहिर पनि पाउन गाह्रो भएको छ । बलरहरुको लागि यो एउटा राम्रो अवसर पनि हो । यदि हामीले भविष्यमा यस्तो विकेट पाउँछौं र ब्याटरहरु राम्रो हुन्छ भने कसरी अघि बढ्ने भन्ने हुन्छ’, सन्दीपले भने ।

यो अभ्यास खेल हुँदा नेपाललाई गुमाउनु केहि छैन । त्यसैले फाइनलमा परिवर्तन गर्दै युवा खेलाडीलाई अवसर दिनसक्छ । सन्दीप त्यसको लागि सोच्ने बताउँछन् । ‘अझै त्यसको लागि हामीले सोच्नुपर्ने सायद भोली विश्राम छ । यदि अभ्यास भएको खण्डमा हामीले केहि गर्न सक्छौं भने पक्कैपनि सोचौंला । मलाई लाग्दैन त्यस्तो नराम्रो भएको छ । पावर प्ले विकेट राम्रो हुँदा रन पनि सजिलै बन्छ । त्यसैले पावर प्ले बलिङ साइड नराम्रो नै देखिन्छ’, उनले भने ।

नेपालले दुबै खेलमा पावर प्लेमा राम्रो गर्न सकेन । सन्दीप एक दुई बल नराम्रो गरेको बताउँछन् । ‘एक दुई बल जुन लाइन एण्ड लेन्थको बल मिस गरि रहेका छौं । त्यसमा हल्का सुधार गर्न सकिन्छ । अर्को टोलीलाई पनि हामीले कदर गर्नु पर्नेहुन्छ । उनीहरुको सट छनोटहरु एकदमै राम्रो थियो । कुनै नराम्रो सट खेल्दा दुई विकेट पनि पाएका छौं’, सन्दीपले भने ।

पछिल्लो दुई वर्षमा टियुको पिच ब्याटिङ सहयोगी बनेको छ । त्यसैले बलरलाई पनि चुनौती देखिन्छ । सन्दीप बलरको लागि राम्रो पाठ रहेको बताउँछन् । ‘मैले सधैं विकेट स्पिन वा स्वलो पाउँछु भन्ने सोच राख्नु हुँदैन । किनभने म विकास गर्न चाहन्छु भने त्यो चुनौती पनि चाहिन्छ । यस्तो विकेट हुनु बलरहरुको लागि राम्रो चुनौती हो ।’

मैदान टेस्ट र एसोसियट टोलीबीचको अन्तर प्रष्ट देखिन्छ । नेपाल र जिम्बावे ए बीच टियु मैदानमा अन्तर देखिन्छ । ‘ पक्कैपनि म विदेशी लिग पनि खेलेर आएको छु । त्यो मानसिक रुपमा फरक भईहाल्छ । तपाईं एउटा राम्रो खेलाडीसँग खेल्नुहुन्छ भने मानसिक रुपमा तयार फरक रुपमा हुन्छ । वहाँहरुले गर्न सक्नुहुन्छ भने हामीले पनि सक्छौं भन्ने हुन्छ । विगतको समयमा टि२० त्यति धेरै खेल्ने थिएनौं । अहिले पपुवा न्युगिनी, ओमान, कुनैपनि राम्रो टिमसँग खेल्दा हामीलाई मानसिक दबाब हुँदैन,’ उनले भने ।

‘नढाटी भन्दा म यहाँबाट सिक्न भन्दापनि अर्को स्तरमा कसरी पुग्ने भन्नेछ । ए टिमबाट सिक्नुपर्ने भन्दा पनि हामीले त्यो मानसिक रुपबाट माथि उठेर उपल्लो स्तरको टिमसँग कसरी खेल्ने, योजना कसरी बनाउने, जित्ने र मुख्य टोलीलाई यहाँ कसरी लिएर आउने भन्ने मेरो सोच छ’, हामीले यो सिरिजबाट के सिक्न पाइन्छ भन्ने प्रश्नमा सन्दीपले भने ।

पहिलो खेल नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावे ए ले ४.३ ओभरमा ४८–२ को अवस्थामा भारी वर्षाको कारण खेल स्थगित भएको थियो । नेपालले तेस्रो टि२० अभ्यास खेल अव बुधबार खेल्नेछ । त्यसपछि जिम्बावे ए सँग नेपालले तीन एकदिवसिय अभ्यास खेल खेल्नेछ ।

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि […]

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

Success

Thank you for your time.