default_image

2 years ago

May 9, 2022

नेपालले आज जिम्बावे ए सँग निर्णायक खेल खेल्दै

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग आज तेस्रो तथा निर्णायक एकदिवसिय अभ्यास खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ ।

तीन एकदिवसिय सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा जिम्बावे ए ३ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो । यस खेल खेल्ने टोलीले सिरिज पनि जित्नेछ । दुबै टोली सिरिजमा जितका साथ अन्त्य गर्न चाहन्छन् ।

नेपाल पछिल्लो खेलमा सानदार प्रदर्शनका साथ उच्च मनोबलमा छ । जिम्बावे भने केहि दबाबमा हुनेछ । ओपनर सुनिल धमला र आसिफ शेखले पहिलो खेलमा राम्रो प्रदर्शन गरेका थिए । यी दुबैलाई आज ओपनिङ गराउनेछ । प्रशिक्षक पुबुदु दासानायिकले दोस्रो खेलापछि अन्तिम खेलमा देव खनालले मौका पाउने बताएका थिए । देवलाई मौका दिन कुशल भुर्तेल र आरिफ शेख मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ ।

चौथोमा रोहित पौडेल र पाँचौंमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । यी दुई ब्याटरबाट नेपाल उच्च प्रदर्शन चाहन्छ । विकेटकिपरमा विनोद भण्डारीले निरन्तरता पाउनेछन् । पछिल्लो खेलमा सोमपाल कामी र करण केसीको जोडीले उच्च प्रदर्शन गरेका थिए । स्पिनरमा सागर र सन्दीपलाई निरन्तरता दिनेछ ।

जिम्बावेको दुबै खेलमा ब्याटिङ राम्रो हुन सकेको छैन । जिम्बावे ए का इनोसेन्ट कैया र तडिवानाशे मरुमानीबाट उत्कृष्ट सुरुवात चाहन्छ । रोय कैया र टोनी मन्योङ्गा मध्यक्रमका हतियार हुन् । तीव्र गतिका बलर ब्राड इभान्सले तल्लोक्रममा राम्रो सम्भावना देखाएका छन् ।

लगातार वर्षाको कारण टसनै जितको टर्निङ प्वाइन्ट बनेको छ । दुबै खेलमा पहिला ब्याटिङ गर्ने टोली पराजित भएका छन् । त्यसैले टसले ठूलो महत्व राख्ने देखिन्छ ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.