default_image

2 years ago

May 19, 2022

नेपालले युगान्डासँग हार्नुको पाँच मुख्य कारण

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले युगान्डासँग पाँच महिला टि२० आई सिरिजमा लगातार तीन खेलमा पराजित भएको छ । घरेलु मैदान र समर्थक सामू तुलनात्मक रुपमा कमजोर युगान्डाविरुद्ध नेपालले ब्याटिङ, फिल्डिङ र बलिङ तीनै क्षेत्रमा खराब प्रदर्शन गर्न पुग्यो । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले युगान्डासँग पाँच महिला टि२० आई सिरिजमा लगातार तीन खेलमा पराजित भएको छ ।

घरेलु मैदान र समर्थक सामू तुलनात्मक रुपमा कमजोर युगान्डाविरुद्ध नेपालले ब्याटिङ, फिल्डिङ र बलिङ तीनै क्षेत्रमा खराब प्रदर्शन गर्न पुग्यो । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित हुँदै दुई खेल अगावै सिरिज गुमाएको छ । नेपालले युगान्डासँग लगातार तीन खेलमा हार्नुको पाँच मुख्य कारण यस प्रकार छन् ।

५. कमजोर फिटनेश र बलिङ

कमजोर फिटनेश नेपाली महिला टोलीको एउटा ठूलो समस्या हो । एक दुई खेलाडीलाई छाड्ने हो भने सबै खेलाडीको फिटनेशमाथि प्रश्न उठ्छ । आधुनिक क्रिकेटमा रन र विकेट मात्र नभएर राम्रो प्रदर्शनको लागि फिटनेशको पनि त्यतिनै महत्वपूर्ण भूमिका हुन्छ ।

यस प्रतियोगितामा नेपाली खेलाडीले खराब फिल्डिङ गर्नुको मुख्य कारण फिटनेश नहुनु हो । फिटनेश नहुँदा कमजोर फिल्डिङ मात्र होईन रन बनाउन पनि त्यतिनै कठिन पर्छ । कविता कुँवरलाई छाड्ने हो भने अन्य प्रमुख बलरको प्रदर्शन राम्रो छैन । कविताले ३ खेलमा उत्कृष्ट प्रदर्शनका साथ ६ विकेट लिएकी छिन् । अर्की प्रमुख बलर सबनम राइले ३ खेलमा दुई विकेट लिएकी छिन् । नेपालले पहिलो खेलमा अस्मिना कर्माचार्य, सबनम र कवितालाई खेलाएको थियो ।

दोस्रो खेलमा अस्मिनालाई बेन्चमा राखेको थियो । पार्टटाइम स्पिनर रुविनाले ३, इन्दु बर्माले २, कविता जोशी र सीता रानामगरले १–१ विकेट लिएका छन् । तीन खेलमा नेपाली बलरले कुल १५ विकेट लिएका छन् । कुनैपनि टोलीले ब्याटिङमा कमजोर प्रदर्शन गर्दा बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सकेमात्र जित निकाल्न सकिन्छ । तर त्यसो हुन सकेन । टोलीमा अझै एक प्रमुख बलरको कमी देखिन्छ ।

४. कमजोर ब्याटिङ

ब्याटिङ सहयोगी पिच भएपनि तीनै खेलमा कमजोर ब्याटिङ गर्यो । पहिलो खेलमा ९० रन बनाउँदा इन्दुले २८ बलमा सर्वाधिक १६ रन बनाएकी थिइन् । दोस्रो खेलमा १ सय १ रन बनाउँदा विन्दु रावलले ३६ बलमा सर्वाधिक २६ रन बनाएकी थिइन् । तेस्रो खेलमा ९९ रन बनाउँदा ज्योति पाण्डेले ५४ बलमा सर्वाधिक ४७ रन बनाइन् । टियुको पिचमा रन बनाउन कुनै गाह्रो छैन । तर नेपाली ब्याटरले कछुवा गतिमा रन बनाएका छन् ।

टोलीले १ सय २० रन माथि सहजै बनाउनु पर्नेमा एक सय रनमै संघर्ष गरेको छ । तीन खेलबाट ज्योति पाण्डेले सर्वाधिक ५३ रन बनाएकी छिन् । रुविनाले तीन खेलमा ४४, विन्दुले ४२, डली भट्ट २५, सरिता मगर र इन्दु बर्माले २२–२२ रन जोडेका छन् । अन्य खेलाडीले तीन खेलमा २० रन कटाउन सकेका छैनन् ।

एकै खेलमा एक ब्याटरले ५०–६० रनको इनिङ खेल्नु पर्ने हो । तर प्रमुख ब्याटरले नै तीन खेलमा ५० रन पुर्याउन सकेका छैनन् । ब्याटरले जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न नसक्नु हारको कारण हो ।

३. आक्रामक ब्याटिङको अभाव

टि२० क्रिकेट नै आक्रामक खेल हो । पुरुष मात्र नभएर विश्व क्रिकेटमा महिलातर्फ पनि निकै आक्रामक बन्दै गएको छ । तर नेपाल भने दशक अघिको शैलीमा ९०–१०० रनमा संघर्ष गरेको छ । विशाल रन बनाउन बाउन्ड्री विना असम्भव हुन्छ ।

नेपाली ब्याटर बाउन्ड्र होईन लगातार डट बल खेल्दै आएका छन् । खुलेर सट पनि विरलै खेल्ने गरेका छन् । नेपालले तीन खेलमा ६० ओभर अर्थात ३ सय ६० बल खेल्दा कुल २३ चौका र १ छक्का प्रहार गरेको छ । नेपालबाट पहिलो खेलमा ८ चौका, दोस्रो खेलमा ६ चौका र १ छक्का तथा तेस्रो खेलमा ९ चौका प्रहार गर्न सकेको छ ।

पहिलो खेलमा शीर्ष ६ ब्याटरको स्ट्राइकरेट ९० भन्दा तल थियो । दोस्रो खेलमा पनि शीर्ष ६ ब्याटरको स्ट्राइकरेट ९० भन्दा कमनै थियो । तेस्रो खेलमा पनि ३ बलमा ४ रन बनाएकी विन्दु रावललाई छाड्दा शीर्ष पाँच ब्याटरको स्ट्राइकरेट निकै कमजोर छ । आक्रामक ब्याटिङ गर्न नसक्नु कमजोर ब्याटिङको कारण हो ।

२. असन्तुलित ब्याटिङ लाइनअप

नेपालको प्लेइङ ११ र ब्याटिङ लाइनअप असन्तुलित देखिन्छ । खेल जित्नको लागि ब्याटिङ र बलिङ दुबै सन्तुलित हुनुपर्छ । तर नेपालको प्लेइङ ११ मा ब्याटिङ हाबी हुँदा बलिङ आक्रामण कमजोर हुँदै आएको छ । ब्याटिङक्रम पनि असन्तुलित देखिन्छ ।

पहिलो खेलमा विन्दु रावल र ज्योति पाण्डेले ओपनिङ गरेका थिए । त्यसपछि इन्दु बर्मा, रुविना, अप्सरी बेगम, रोमा थापा, कविता जोशी र डली भट्टले ब्याटिङ गरेका थिए । दोस्रो खेलमा इन्दु र विन्दुले ओपनिङ गरेका थिए । अप्सरी, सरिता, सीता, कविता जोशी, रुविना क्षेत्री र डली भट्टले क्रमश ब्याटिङ गरेका थिए ।

घरेलु क्रिकेट र यसअघि सीताले ओपनिङ गर्ने गर्दछन् । तर नेपालले दोस्रो खेलमा पाँचौं नम्बरमा ब्याटिङ गराएको थियो । नेपालले विन्दु, सीता, काजोल श्रेष्ठ र अप्सरी गरि चार ओपनर खेलाएको थियो । तर ओपनिङ विन्दु र इन्दुले गरे । पावर प्लेमा कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेका छैनन् ।

नेपालको ब्याटिङक्रममा आक्रामक र इनिङलाई अघि बढाउने ब्याटर मिल्न सकेको छैन । परिवर्तन ब्याटिङक्रमले प्रदर्शनमा असर पर्छ । कप्तान र प्रशिक्षकले हारको जिम्मेवारी लिनुपर्छ ।

१. कमजोर फिल्डिङ

फिल्डिङ नेपालको तीनै खेलमा सम्झन लायक छैन । एक दुईलाई छाड्ने हो भने सबै खेलाडीको फिल्डिङ निकै कमजोर रह्यो । कमजोर फिल्डिङमा नेपालले लगातार रन आउटको अवसर गुमाउनुको साथ अतिरिक्त रन दिँदै आएको छ । महत्वपूर्ण समयमा एक रन आउट, क्याच वा एक रन खेलको हार वा जितको टर्निङ प्वाइन्ट बन्न सक्छ ।

कप्तान रुविना क्षेत्री बेलबासे र प्रशिक्षक जगत टामाटा पनि खराब फिल्डिङ नै हारको मुख्य कारण बताउँदै आएका छन् । उत्कृष्ट फिल्डिङबाट रन रोक्दै दबाब बढाउनुको साथै रन आउटमा विकेट लिन सक्नुपर्छ । कमजोर फिल्डिङ नै युगान्डासँग हार्नुको मुख्य कारण हो ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.