default_image

2 years ago

May 19, 2022

बेंगलोरको जितले पन्जाब र हैदराबादको प्ले अफ सपना समाप्त

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिगको अन्तिम खेलमा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका विराट कोहलीले ५४ बलमा ८ चौका र […]

95 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिगको अन्तिम खेलमा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका विराट कोहलीले ५४ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनमा स्टम्पिङ आउट भए । कप्तान फाफ डु प्लेसिस ३८ बलमा ५ चौकासहित ४४ रनमा आउट भए ।

पहिलो विकेटका लागि फाफ डु प्लेसिस र विराट कोहलीले १४.३ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गर्दै सहज जित पक्का गराए । ग्लेन म्याक्सवेल १८ बलमा ५ चौका र २ छक्कासहित ४० रनमा अविजित रहे । गुजरातका राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । गुजरातका कप्तान हार्दिक पान्ड्या ४७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे ।

डेविड मिलर २५ बलमा ३ छक्कासहित ३४ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह २२ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा आउट भए । शुभमन गिल १, म्याथ्यू वेड १६ र राहुल टेवाटिया २ रनमा आउट भए । राशिद खान ६ बलमा २ छक्कासहित १९ रनमा अविजित रहे ।

बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले १–१ विकेट लिए । बेंगलोर प्लेअफमा पुग्न दिल्ली क्यापिटल्स शनिबार मुम्बई इन्डियन्ससँग पराजित हुनुपर्छ । अथवा राजस्थान रोयल्स चेन्नई सुपर किंग्ससँग शुक्रबार १ सय २० रन भन्दा फराकिलो अन्तरले पराजित हुनुपर्छ । दिल्ली भने अन्तिम खेलमा जितका साथ प्लेअफमा पुग्नेछ । दिल्लीको नेटरनरेट प्लस २५५ हुँदा बेंगलोरको माइनस २५३ छ । दिल्ली विजयी भएमा बेंगलोर बाहिरिने पक्कापक्की छ ।

बेंगलोरको जितले सनराइजर्स हैदराबाद र पन्जाब किंग्सको १४ अंकका साथ प्लेअफमा पुग्ने सपना पनि समाप्त भएको छ । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, पन्जाब किंग्स र सनराइजर्स हैदराबाद प्लेअफ दौडबाट औपचारिक रुपमा बाहिरिएका छन् । अव दिल्ली र बेंगलोर मध्य एक टोली प्लेअफमा पुग्नेछन् । राजस्थानको प्ले अफ अनौपचारिक रुपमा पक्कादेखिन्छ ।

अंक तालिका

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । लखनऊ १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र ८ खेलमा हार सहित छैटौं स्थानमा रहँदै बाहिरिएको छ ।

पन्जाब १३ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै साथ सातौं स्थानमा छ । हैदराबाद १३ खेलमा ६ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । चेन्नई १३ खेलमा ४ मा जित र ९ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १३ खेलमा ३ मा जित र १० मा हार सहित पुछारमा छ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.