default_image

2 years ago

May 20, 2022

नेपालले टस जित्यो, हिरान्मायेको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आजको खेलमा युवा लेगस्पिनर हिरान्माय रोयलाई डेब्यू दिएको छ । यू–१९ टोलीको बन्द प्रशिक्षणमा रहेकी उनलाई […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालले आजको खेलमा युवा लेगस्पिनर हिरान्माय रोयलाई डेब्यू दिएको छ । यू–१९ टोलीको बन्द प्रशिक्षणमा रहेकी उनलाई नेपालले सिधैं सिनियर टोलीमा बोलाएको थियो । उनले प्रदेश १ बाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । उनी नेपालबाट महिला टि२० आईमा डेब्यू गर्ने २४ औं खेलाडी हुन् ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । तीव्र गतिकी बलर सबनम राई, संगीता राई र रोमा थापालाई बेन्चमा राखेको छ । हिरान्मायेसँगै अप्सरी बेगम र अस्मिना कर्माचार्यलाई आजको खेलमा मैदान उतारेको छ ।

नेपालले सुरुवाती तीन खेल गुमाउँदै सिरिज हारी सकेको छ । नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्र हुनेछ । नेपाल पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । पाँच महिला टि२० आई सिरिज युगान्डाले दुई खेल अगावै जितेको छ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री(कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, डली भट्ट, हिरान्माये रोय, सरिता मगर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, विन्दु रावल

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.