default_image

2 years ago

June 2, 2022

नेपाली अल स्टार्ससँग नेपालको संघर्ष

74 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ब्याटिङमा संघर्ष गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।

ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण रिटायर्ट भएका छन् ।

रोहित आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए ।

देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा आउट भए । देवले ५६ बलमा २ चौका सहित २० रन जोडे । त्यसपछि क्रिजमा विनोद भण्डारी आएका छन् । क्रिजमा विनोद २ रन र आरिफ शेख १६ रनमा अविजित छन् ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.