default_image

2 years ago

June 5, 2022

रोहितको शतकमा नेपालको बलियो योगफल

72 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेलको शतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २ सय ५१ रनको बलियो लक्ष्य दिएको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले । कमजोर सुरुवात गरेको नेपाललाई रोहितले सानदार शतकका साथ विशाल योगफलको आधार तय गरे । ८९ बलमा शतक प्रहार गरेका रोहित ३९ औं ओभरको दोस्रो बलमा रन आउट भए । रोहित आाउट भएपछि रनको गति घटेको थियो ।

आरिफ शेख र रोहित पौडेलले पाँचौं विकेटका लागि १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । आरिफ ६३ बलमा ३ चौकासहित ४१ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो रहन सकेन । ओपनर कुशल भर्तुेल तीव्र गतिका बलर हसन राशिदको दोस्रो ओभरको चौथो बलमा रमिज राजा जेआरबाट क्याच भए ।

दोस्रो विकेटका लागि देव खनाल र सुनिल धमलाले ३४ रनको साझेदारी गरे । धमला मोहम्मद इलायसको नवौं ओभरको तेस्रो बलमा धमला एज लागेर विकेटकिपर उस्मान राफिकबाट १३ रनमा क्याच भए । यसै ओभरको अन्तिम बलमा कभर डाइभ सट खेल्न खोजेका देव खनाल फस्ट स्लिपमा राजाबाट १९ रनमा क्याच भए । ३१ बल खेलेका देवले ४ चौका प्रहार गरे ।

कमजोर सुरुवात गरेको नेपाललाई चौथो विकेटका लागि रोहित र दीपेन्द्रसिंह ऐरीले ६० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दीपेन्द्र स्पिनर हरमित सिंहको बलमा विकेटकिपर उस्मान वाफिकबाट २४ रनमा क्याच आउट भए । दीपेन्द्रले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

विनोद भण्डारी १३ बल खेल्दै ४, सुशान भारी ५ र करण केसी १२ रनमा आउट भए । हरिकेन्सका मोहम्मद इलियासले १० ओभरमा ६४ रन खर्चेर ५ विकेट लिए । हरमित सिंहले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.