default_image

2 years ago

June 5, 2022

उपकप्तान रोहित भन्छन् – ‘आफ्नो भूमिकामा रमाएको छु’

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेलले टोलीले दिएको भूमिकामा रमाउने गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीबाट रोहितले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध रोहितले कप्तानी गर्दै सानदार शतकीय इनिङ खेले । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका रोहितले अमेरिकामा पनि त्यसलाई निरन्तरता […]

46 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेलले टोलीले दिएको भूमिकामा रमाउने गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीबाट रोहितले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध रोहितले कप्तानी गर्दै सानदार शतकीय इनिङ खेले ।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका रोहितले अमेरिकामा पनि त्यसलाई निरन्तरता दिए । खेलपछि रोहितले आफ्नो भूमिकामा मज्जा लिई रहेको बताए । ‘कप्तानीमा शतकपछि जित एकदमै राम्रो लागिरहेको छ । प्रतियोगिता अघि राम्रो प्रदर्शन पनि भयो । टिम प्रयास मैदानमा देखिएको थियो । बलिङमा सोमपाल दाईले राम्रो गर्नुभयो । समग्रमा धेरै राम्रो भयो’, रोहितले जितपछि भने ।

रोहित नवौं ओभरको तेस्रो बलमा सुनिल धमला १३ रनमा आउट भएपछि क्रिजमा आएका थिए । रोहितले ९० बलमा ५ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले । रोहितले चौथो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ६० रन र पाँचौ विकेटका लागि आरिफ शेखसँग १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यहि साझेदारी र शतकीय प्रदर्शनमा नेपालले २ सय ५० रन बनाउन सकेको थियो । बलिङमा सोमपाल कामीको पाँच विकेटको सहयोगमा नेपालले २९ रनको जित हात पारेको थियो । रोहित सुरुमा केहि कठिन भएको बताउँछन् । ‘सुरुमा अलिकति कठिन नै थियो । बल रोकिएर आएको थियो । त्यो समय मेरो योजना अलिकति समय लिएर इनिङ अगाडि जाने थियो । योजना सफल भयो । तर अन्तिम चाहेको जस्तो भने हुन सकेन’, उनले भने ।

नेपाल रोहित आउट हुँदा ३८.२ ओभरमा २०६– ५ को अवस्थामा थियो । रोहित आउटपछि नेपालले बाँकी ६५ बलमा ४४ रन जोड्दै अल आउट भएको थियो । नेपालले आइसिसी विश्वकप लिग–२ अघि ओमान र अमेरिकासँग खेल्नुअघि दुई अभ्यास खेल खेलेको हो । नेपालले दुबै अभ्यास खेल बलिया टोलीसँग खेल्यो । प्रतियोगिता अघिनै दुई अभ्यास खेलको व्यवस्था भने अमेरिकामा रहेको पूर्व नेपाली खेलाडीहरुको नेपाली अल स्टार्सले गरेको हो ।

‘नेपाली अल स्टार्सलाई पहिला धन्यावाद दिन चाहन्छु । प्रतियोगिता अघि हामीलाई बोलाएर यहाँ झिज्न सजियो भयो । समग्रमा अभ्यास राम्रो भयो’, उनले भने । पहिलो अभ्यास खेलमा आसिफ शेख घाइते भएका थिए । यो अवस्थामा रोहितको ब्याटिङक्रम केहिले तेस्रो त कहिले चौथो नम्बरमा हुने सम्भावना छ । रोहित ब्याटिङक्रम परिवर्तन हुँदा आफूलाई दबाब भने नहुने बताउँछन् ।

‘त्यो दबाब त केहि हुँदैन । चोट पनि त्यस्तो गम्भीर हो जस्तो मलाई लाग्दैन । घाइते खेलाडी मुख्य खेलमा फिट हुन्छन् जस्तो छ । त्यस्तो चिन्ता छैन’, उनले भने । दुवै खेलमा नेपालको ब्याटिङ सुरुवात राम्रो हुन सकेन । यस्तो अवस्थामा नर्भसनेस हुने रोहित बताउँछन् ।

‘सुरुमा अलिकति ब्याटिङ जाने नर्भसनेस हुन्छ । किनभने अवस्था त्यति राम्रो हुँदैन । एक-दुई बल खेलेपछि र अवस्थामा ढलेपछि सजिलो हुन्छ । बाहिर बस्दा नर्भस हुन्छ । भित्र मैदानमा गएपछि त्यस्तो हुदैन’, रोहितले भने ।

रोहितले शीर्षक्रममा ब्याटिङ गर्न लागेको धेरै भएको छैन । पछिल्लो समय नेपालले ज्ञानेन्द्र मल्ललाई टिमबाट बाहिर राखेपछि रोहितलाई शीर्षक्रममा अवसर दिएको हो । रोहितले भरपूर्ण फाइदा उठाउँदै सानदार प्रदर्शन गरेपछि उनलाई शीर्षक्रममा निरन्तरता दिएको छ । यसअघि भने रोहितले तल्लोक्रममा पाँचौं, छैटौं र सातौं नम्बरमा गर्दै आएका थिए ।

‘मरो काम इनिङलाई विकास गर्दै मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई राम्रो वातावरण बनाइदिने हो । मेरो भूमिका त्यहि हो । मेरो भूमिकामा रमाउछु’, उनले भने ।

नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ । 

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

रोहितको शतक र सोमपालको उत्कृष्ट बलिङमा नेपाल विजयी

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.