default_image

2 years ago

June 7, 2022

यू१९ महिला क्रिकेट : लगातार च्याम्पियनदेखि ८ रनमा समेटिनुको यात्रा

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा सर्वाधिक सफल यू–१९ क्रिकेट टोलीनै हो । पुरुषतर्फ ७ पटक एकदिवसिय विश्वकप खेलेको नेपाली यू–१९ क्रिकेट टोलीले विश्व क्रिकेटका पावर हाउस भारतदेखि दक्षिण अफ्रिका सम्मका टेस्ट टोलीलाई पराजित गरेको छ ।

महिला क्रिकेटको इतिहास हेर्ने हो भने अन्तर्राष्ट्रिय उपाधि जित्ने नै यू१९ टोली हो । अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको डेढ दशक पुग्दा सिनियर महिला टोली अन्तर्राष्ट्रिय उपाधिविहीन छ । यसले नेपाली महिला क्रिकेटप्रतिको लगानी र स्तर प्रस्टाउँछ ।
सिनियर टोलीको प्रदर्शन एकपछि अर्को गरि ओरालो लागेको छ । यसै क्रममा नेपाली यू१९ टोलीले शनिबार समग्र नेपाली क्रिकेट इतिहासकै खराब प्रदर्शन गर्न पुग्यो ।

मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल युएईसँग ८ रनमा अल आउट भयो । ६ खेलाडीले खातानै खोल्न सकेनन् । युएईले ९ रनको झिनो लक्ष्य १.१ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने टि२० विश्वकप खेल्न पाउनेछ । १० विकेटको हारले नेपालको अघिल्लो चरणको यात्रा धेरै कठिन बनेको छ । पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । तेस्रो खेलमा भुटानमाथि जित हासिल गरेपनि नेपाल अघि बढ्ने सम्भावना निकै कम छ । प्रतियोगितामा नेपाल र थाईल्यान्ड प्रमुख दाबेदार देखिएका थिए, तर यूएईले सानदार प्रदर्शन गर्दै चुनौती खडा गरेको छ । प्रतियोगिता नेपाल, कतार, मलेसिया, थाईल्यान्ड, भुटान र यूएई छन् ।

सन् २००८ मा थाईल्यान्डमा भएको एसिसी यू–१९ वुमन्स च्याम्पियनसिप २००८ नेपालले नेरी थापाको कप्तानीमा फाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । उक्त प्रतियोगिताको सेमिफाइनलमा थाईल्यान्डलाई हराउँदै फाइनलमा पुगेको थियो । थाईल्यान्डले अहिले महिलातर्फ ओडिआई मान्यता पाउनुको साथै टि२० विश्वकप खेलिसकेको छ ।

त्यसपछि नेपाली यू–१९ महिला टोलीले २०१२ मा रुविना क्षेत्रीको कप्तानीमा थाईल्यान्डलाई फाइनलमा ७ विकेटले हराउँदै दोस्रो पटक एसिसी यू–१९ वुमन्स च्याम्पियनसिपको उपाधि जित्यो । त्यसपछि एसिसीले महिला टोलीको यू–१९ प्रतियोगिता गर्न छाड्यो । नेपालले २०१९ मा डली भट्टको कप्तानीमा चीनमा भएको बी एण्ड आर कप खेलेको थियो ।

नेपाली महिला टोली २०१६ को एसिया कपमा भारतसँग २१ रनमा अल आउट भएको थियो । यू–१९महिला टोलीको अन्तर्राष्ट्रिय आधिकारिक तथ्यांक त छैन । तर सम्भवत यू-१९ क्रिकेटमा यो सबैभन्दा कम योगफल हुनसक्छ । सन् २०१७ मा भारतमा नागाल्याण्ड यू१९ क्रिकेट टोली बिसिसिआई सुपर लिग वान डे घरेलु प्रतियोगितामा केरलासँग १७ ओभरमा २ रनमा अल आउट भएको थियो ।

अन्तर्राष्ट्रिय सिनियर महिला क्रिकेटमा भने माल्दिभ्स र माली ६–६ रनमा अल आउट भएका छन् । माल्दिभ्स १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालसँग ६ रनमा अल आउट भएको थियो । अभ्यास खेलको अभाव, प्रमुख खेलाडी नहुनु, लगानीको कमी, अनुभवीको कमी खराब प्रदर्शनको कारण प्रमुख कारण हुन् । नेपालले चैतमा धनगढीमा सम्पन्न यू१९ राष्ट्रिय प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने ४४ खेलाडीलाई बोलाउँदै प्रशिक्षण थालेको थियो ।

पोखरामा केहि समयको प्रशिक्षणपछि टियुमा अन्तिम प्रशिक्षण गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय अभ्यास खेल विना नै मलेसिया गएको थियो । क्यानले लगानी नै नगरेको होईन । तर जब प्रतियोगिता आयो तब मात्र लगानी गर्यो । जुन शैलीले अव विश्व क्रिकेटमा सफलता पाउन कठिन पर्नेछ ।

नेपाली क्रिकेटमा आशाकी किरण बनेकी तथा यू–१९ राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी ज्योत्स्निका मरासिनी १५ वर्षभन्दा कम उमेरको कारण छनोट गुमाउन पुगिन् । उमेर नपुग्दा ज्योत्स्निका सहित सावित्री धामी, टिका शाह, मनिषा चौधरी र प्रतिमा शाह थिए । जुन नेपालका शीर्षक्रमका प्रमुख खेलाडी थिए ।

क्यान निलम्बनपछि सर्वाधिक असर यू–१९ महिला क्रिकेटमा पर्यो । २०१४ पछि पहिलो पटक २०२२ मा राष्ट्रिय प्रतियोगिता भएको थियो । नेपाली क्रिकेटमा ग्रासरुटको स्तर कहाँ छ यो स्पष्ट उदाहरण हो ।

अर्कोतर्फ खेलाडी सम्हालिन नसक्नु पनि समस्या हो । पहिलो अन्तर्राष्ट्रिय अनुभव र दबाबमा नेपालका कुनैपनि खेलाडी सम्हालिन सकेनन् । यू१९ की कप्तान कृतिका मरासिनीले मात्र यसअघि यू१९ प्रतियोगिता खेलेकी थिइन् । २०१९ मा कृतिका बी एण्ड आर कपकी उत्कृष्ट बलर समेत चुनिएकी थिइन् । कप्तान कृतिका र प्रशिक्षक महेश रिजालले प्रतियोगिता अघि ब्याटिङ एकदमै राम्रो रहेको दाबी गरेका थिए । तर दोस्रो खेलमा यू१९ को ब्याटिङ छताछुल्ल भयो ।

केहि साताअघि मात्र नेपाली सिनियर महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई सिरिज ३–२ ले गुमाएको थियो । पछिल्लो समय महिला टोली परिवर्तनको संघारमा छ । तर यू१९ को प्रदर्शनले भने नेपाली महिला क्रिकेटको संकेत राम्रो देखिदैन । त्यसको लागि योजनाबद्ध लगानी र तयारी आवश्यक देखिन्छ । अहिलेको शैलीमा अघि बढे महिला क्रिकेट धेरै माथि उठ्ने सम्भावना भने देखिदैन ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.