default_image

2 years ago

June 6, 2022

नेपालले आज भुटानसँग खेल्दै

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ ।

भुटान पहिलो र नेपाल दोस्रो जितको सोचमा छन् । नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको थियो । ६ टोली सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकपमा पुग्न नेपालले बाँकी सबै खेलमा फराकिलो अन्तरले जित्नुपर्छ ।

सबै खेलमा जितले मात्र पुग्दैन । युएईले थाईल्यान्डसँग लज्जास्पद हार हार्नुपर्ने हुन्छ । नेपालले थाईल्यान्डलाई त्यतिनै फराकिलो अन्तरले हराउनुपर्छ । अन्यथा नेपालको विश्वकप सपना देखिदैन । अथवा अन्य कुनै टोलीसँग थाईल्यान्ड र युएईले कम्तिमा एक एक खेलमा फराकिलो हार बेहोर्नु पर्छ ।

युएईसँग ८.१ ओभरमा नेपाल ८ रनमा अल आउट भएको थियो । पहिलो खेलमा भने कतारलाई ७९ रनले पराजित गरेको थियो । भुटान पहिलो खेलमा थाईल्यान्डसँग १ सय ३० रनले पराजित भएको थियो । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउँदै ५२ रन जोडेको थियो ।

भुटान युएईसँग १ सय ६० रनले पराजित भएको थियो । २ सय ३ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ७ विकेट गुमाउँदै ४२ रन बनाएको थियो । नेपालका साना प्रविन, किरण कुमारी कुँवर, अञ्जली विश्वकर्मा र आश्मा पुलामी मगर शीर्षक्रमका ब्याटर हुन् । सृष्टि जैशी मध्यक्रमकी ब्याटर हुन् ।

यी पाँच खेलाडीलाई सम्हाल्लिएर खेल्न आवश्यक देखिन्छ । अनु कडायत, सृष्टि र कप्तान कृतिका मरासिनी नेपालका बलर हुन् । भुटानको लागि मध्यक्रमकी सोनम प्रमुख अलराउन्डर हुन् । उनले ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रदर्शन गर्नसक्छिन् । चाडो ओम, पेम्बा र कप्तान न्गवांग चोडेन प्रमुख खेलाडी हुन् ।

समान दुई खेलमा नेटरनरेटमा माथि रहँदै युएई शीर्ष र थाईल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । मलेसिया २ अंकका साथ चौथो स्थानमा छ । अंक विहीन कतार पाँचौं र भुटान पुछारमा छ ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.