default_image

2 years ago

June 7, 2022

थाईल्यान्डसँग पराजित हुँदा नेपालको विश्वकप सपना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० […]

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो । नेपालकी सृष्टि जैशी २१ बलमा सर्वाधिक ७ रनमा अविजित रहिन् । साना प्रविनले २१ बलमा ६ रन बनाइन् । अञ्जली विश्वकर्मा ३, सनु राजवंशी र अश्मा पुलामी मगर शून्यमा आउट भए ।

अनु कडायत ५, कृतिका मरासिनी ३, मनिषा उपाध्य ३, रञ्जु श्रेष्ठ र स्नेहा महरा १–१ रनमा आउट भए । थाईल्यान्डकी नथिता बुनसुखमले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो । थाईल्यान्डको लागि थिपाच्चा पुथावाङले ३१ बलमा सर्वाधिक २० रन बनाइन् । ओपनर बंथिदा लीफथानाले २२ बलमा १ चौकासहित १९ रन जोडिन् । नान्नाफाट चैहान ६ र सुवनाना खियाओटो २४ बलमा १६ रनमा आउट भइन् ।

नेपालकी स्पिनर मनिषा उपाध्यले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराको नाममा १ विकेट रह्यो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो ।

६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले पहिलो पटक आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्वकप खेल्न पाउनेछन् । युएईको सम्भावना उच्च छ । समान ४ खेलमा अपराजित रहेपनि नेटरनरेटको कारण युएई शीर्ष स्थानमा छ ।

नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ । बिहीबार नै युएई र थाईल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लज्जास्पद अविश्वसनिय हार नबेहोरे युएई विश्वकपमा पुग्ने उच्च सम्भावना छ ।

अंक तालिका :

युएई ४ खेलमा ८ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । थाईल्यान्ड ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । मलेसिया ४ खेलमा २ मा जितका साथ चौथो स्थानमा छ । समान खेलका साथ कतार र भुटान अंक विहीन हुँदै पुछारमा छन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.