default_image

2 years ago

June 8, 2022

फाप्ला रंगशाला विकास समितिका अध्यक्ष शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाही र सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् । नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाही र सदस्यलाई नियुक्ती पत्र प्रदान गरीएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष सुवास शाही र सदस्य कल्पना दियाकोटीलाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।

नियुक्ती पत्र हस्तान्तरण गर्दै मन्त्री अथकले निर्धारित समयमै योजना सम्पन्न गर्ने गरी काम अगाडी बढाउन निर्देशन दिएका छन् । फाप्ला क्रिकेट मैदानका परिकल्पनाकारलाई नै सरकारले विकास समितिको अध्यक्ष बनाएको भन्दै मन्त्री गहतराजले सबै पक्षलाई समेटेर राष्ट्रकै गौरव गर्न लायकको संरचना बनाउन निर्देशन दिए । मन्त्री गहतराजले समितिका नवनियुक्त पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास समितिको अध्यक्षमा शाही र दियाकोटीलाई सदस्यमा मनोनित गरेको थियो । फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ बमोजिम ३ वर्षे कार्यकालका लागि शाहीलाई समितिको अध्यक्षमा नियुक्त गरीएको हो ।

क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गर्ने व्यवस्था छ । जसअन्तर्गत समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन सदस्य रहने ब्यवस्था छ भने सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष समेत विकास समितिको सदस्य रहनेछन् ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.