default_image

2 years ago

June 9, 2022

धमलाको ओडिआईमा डेब्यू

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका ओपनर सुनिल धमलाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध ओडिआई टोलीमा डेब्यू गरेका छन् । ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले धमलालाई डेब्यू क्याप दिएको छ । नेपाली सिनियर क्रिकेट टोलीमा पाँच वर्षपछि फर्किएका धमलाले ओडिआईमा […]

73 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका ओपनर सुनिल धमलाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध ओडिआई टोलीमा डेब्यू गरेका छन् । ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले धमलालाई डेब्यू क्याप दिएको छ । नेपाली सिनियर क्रिकेट टोलीमा पाँच वर्षपछि फर्किएका धमलाले ओडिआईमा डेब्यू गरेका हुन् । धमलालाई उपकप्तान रोहित पौडेलले डेब्यू क्याप दिएका थिए ।

नेपालका पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै चोटका कारण ओमानविरुद्ध उपब्ध नभएपछि धमलाले डेब्यूको अवसर पाएका हुन् । सुवास खकुरेल र सुनिल धमलालाई ओपनरको रुपमा मैदान उतार्ने छ । धमलाले अघिल्लो महिना जिम्बावे ए विरुद्ध राम्रो प्रदर्शन गर्दै टोलीमा फर्किएका थिए ।

२०१७ मा धमलाले केन्याविरुद्ध लिष्ट ए मा दुई खेलमा मौका पाएका थिए । तर प्रदर्शन कमजोर भएपछि टोलीबाट बाहिरिएक थिए । घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपनि मौका भने पाउन सकेका थिएनन् ।

धमला एकदिवसियका खेलाडी मानिन्छन् । नेपालले तेस्रो नम्बरमा देव खनाललाई निरन्तरता दिनेछ । चौथो र पाँचौं नम्बरमा प्रमुख दुई ब्याटर दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहनेछन् । यी दुई नेपालका ब्याटिङका खम्बा हुन् । उच्च लयमा रहेका यी दुई खेलाडीको उच्च प्रदर्शन विना जित कठिन देखिन्छ । रोहितले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध नेपाली ओडिआई इतिहासकै सर्वाधिक १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो खेलमा पपुवा न्युगिनीविरुद्ध दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले टि२० आईमा मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए । उच्च लयमा रहेका यी दुई युवा ब्याटरबाट उत्कृष्ट प्रदर्शन विना विशाल योगफल बनाउन वा पूरा गर्न भने नेपाललाई कठिन पर्ने देखिन्छ ।

नेपालको प्लेइङ ११ मा ब्याटिङमा गहिराई छ । नेपालले कुशल भुर्तेल, सागर ढकाल, आदिल अन्सारी, किशोर महतोलाई भने बेन्चमा राखेको छ । आदिल र आसिफ शेख भने टसम बुझाएको लिष्टमै छैनन् ।

नेपालको प्लेइङ ११ :

सुवास खकुरेल, सुनिल धमला, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी ९विकेटकिपर०, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.