default_image

2 years ago

June 10, 2022

‘विश्वकप खेल्न हो भने ओडिआई मान्यता पनि हुन्छ’ – सन्दीप

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो सपना एकदिवसिय विश्वकप खेल्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपालले पहिलो खेलमा शुक्रबार बिहान आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँग १३ रनले पराजित भएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामीसँग विश्वकप छनोट भएर विश्वकप छनोट खेल्ने टोली छ । सबै जनाले ओडिआई […]

182 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो सपना एकदिवसिय विश्वकप खेल्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपालले पहिलो खेलमा शुक्रबार बिहान आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँग १३ रनले पराजित भएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हामीसँग विश्वकप छनोट भएर विश्वकप छनोट खेल्ने टोली छ । सबै जनाले ओडिआई मान्यता बचाउ बचाउ भन्नु भएको छ । मेरो उदेश्य अर्कै छ । मेरो लक्ष्य विश्वकप खेल्नेछ । विश्वकप खेल्ने हो भने ओडिआई मान्यता हुन्छ । त्यसको पाँच वर्षपछि क्रिकेट अर्कै हुनसक्छ । त्यो लक्ष्यलाई अहिले सम्म लिएर बस्न सकेनौं भने मलाई लाग्छ आत्माविश्वास आउन आवश्यक छ’, सन्दीपले ओडिआई मान्यता बचाउने बारे भने । त्यसैमा थपे, ‘म कप्तानको रुपमा भन्छु टिममा अत्याधिक क्षमता छ । हामी हाम्रो क्षमताको आधा मात्रै खेल्छौं भने धेरै कुराहरु परिवर्तन हुन्छ ।’

‘विश्वकप खेल्ने यात्रा कठिन छ । यो कसैका लागि पनि सहज छैन । कुनै टोली पुछारमा छ । हामी छैटौं स्थानमा छम्। हाम्रो सम्भावना धेरै खेल्न बाँकी छ । हामीले विजयी बानी बसाल्नुपर्छ । विकेटले यस्तो खेल्यो वा उस्तो खेल्यो भन्दा पनि राम्रो खेल्नुपर्छ । विकेट दुबैको लागि बराबर हो’, उनले भने ।

सन्दीपले खराब ब्याटिङको कारण खेल हारेको बताउँछन् । ‘साँच्चै भन्ने हो भने यो लक्ष्य पूरा गर्न नसक्नु ब्याटिङमा असफलता हो । हामीले अन्तिम तीन पटक युएईसँग दुई र ओमान खेल अंक तालिकामा धेरै फेरबदल हुनसक्छ । हामीले कन्डिसनबारे सब थाहा पाई सकेका थियौं । जहाँ हामीले साझेदारी गरेका थियौं त्यहाँ विकेट गुमायौं । फेर नयाँ ब्याटरले समय लिनु र साझेदारी गर्दा रनरेट पनि बढ्यो’, सन्दीपले हार बारे भने ।

‘हामीलाई जुन समय साझेदारी चाहिँएको थियो हामी ठ्याक्कै उल्टो गरेका थियौं । योजना सबै स्पष्ट थियो । मलाई आशा छ यहाँबाट सिक्ने छौं । हाम्रो जुन मुमेन्ट थियो त्यो कहिले पनि फिर्ता आउने छैन’, सन्दीपले भने ।

अन्तिम १० ओभरमा नेपालको फिल्डिङ कमजोर रह्यो । एक समय १५०/६० को आसपासमा समेटिने सम्भावना देखिएपनि अन्तिम १० ओभरमा ६९ रन जोड्दै दुई सयमाथिको योगफल कटाएको थियो ।

‘सबै जनाले प्रयासहरु गरि राखेको थियो । अन्तिम १० ओभरमा फिल्डिङ मिस हुनु दुर्भाग्य थियो । हाम्रो लक्ष्य १८०/९० मा रोकिन्थ्यो भन्ने थियो । तर जिशान मकसुदले जुन इनिङ खेले त्यो मैले देखेको एक उत्कृष्ट इनिङ हो’, फिल्डिङ बारे सन्दीपले भने ।

नेपालले पावर प्लेमा सुस्त सुरुवात गरेको थियो । जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा पहिलो १० ओभरमा १ विकेट गुमाउँदै ३० रन मात्र गुमाएको थियो । ‘लक्ष्य अनुसार मलाई लाग्दैन आक्रामक हुन आवश्यक थिएन । एउटा एण्डबाट विकेट नजाउस भन्ने थियो । दुर्भाग्यपूर्ण सुवास दाई आउट हुनु भयो । मेरो सोचमा ४५ ओभर सम्म सकिन पर्ने हो । पावर प्लेमा रन भन्दा पनि विकेट नगुमाउने भन्ने थियो’, उनले भने ।

नेपालले चोटका कारण ओपनर कुशल भुर्तेल र आसिफ शेख दुबैलाई टोली बाहिर राखेको थियो । अमेरिकासँग शनिबार खेल्ने वा नखेल्ने जाँचपछि थाहा हुने बताए । नेपालले दोस्रो खेलमा शनिबार अमेरिकासँग खेल्नेछ ।

यो पनि : नेपालले ओमानसँग हार्नुको प्रमुख पाँच कारण

खराब ब्याटिङसँगै नेपाल ओमानसँग पराजित

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.