default_image

2 years ago

June 20, 2022

नेपाललाई बहराइनको १५ रनको लक्ष्य

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपाललाई १५ रनको सामान्य लक्ष्य दिएकोछ । किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् ।

खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरु हुनुपर्ने थियो । वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७(७ ओभरको मात्र हुने भएको हो ।

नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । दोस्रो खेलमा कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जित निकालेको थियो । नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का बन्नेछ ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

अंक तालिका :

नेपाल समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा छ । बहरानइ २ खेलमा १ अंकका साथ चौथो र भुटान अंक बिहीन हुँदै पुछारमा छ ।

समूह बी मा मलेसिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । युएई ४ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । कतार २ अंकका साथ तेस्रो, ओमान १ अंकका साथ चौथो र सिंगापुर अंक बिहीन हुँदै पुछारमा छन् ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.