default_image

2 years ago

June 25, 2022

भिसा र उडान टिकटका कारण क्यानाडा भ्रमण अनिश्चित

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज अघि क्यानाडा भ्रमण उडान टिकट नपाउँदा अनिश्चित भएको छ ।

नेपालले क्यानाडासँग दुई टि२० आई र दुई एकदिवसिय अभ्यास खेलको लागि भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो । तर भिसा आउन निकै समय लागेपछि टि२० आई तोकिएको समयमा नहुने निश्चित हुँदा एकदिवसिय खेल सिरिज पनि अन्यौलमा परेको छ ।

कार्यतालिका अनुसार नेपाल शनिबार क्यानाडा भ्रमणमा निस्कने कार्यक्रम थियो । तर नेपालले हालसम्म टोली घोषणा मात्र होईन भ्रमणनै अनिश्चित बनेको छ । क्यानका म्यानेजर विनोद दासले टि२० आई तोकिएको समयमा नहुने पक्का भएको बताए ।

‘हामीले क्यानाडा भ्रमणको लागि डेढ महिना अघि प्रक्रिया सुरु गरेका थियौं । युक्रेनको कारणले गर्दा हाम्रो भिसा प्रक्रियामा निकै ढिलाई भयो । त्यसमा कुनै जवाफ नआएपछि १५ दिनदेखि भिसा भारतमा नेपाली दुताबासको सहयोगमा बल्लतल्ल चार दिन पहिला हामीले भिसा पक्का भएको खबर पायौं’, दासले भने ।

त्यसैमा थपे, ‘त्यसपछि हामीले टिकटको प्रयास गर्दा नभएपछि भ्रमण पुनः अर्को मितिमा गर्नु पर्ने भएको छ । त्यसमा टिकटमा निर्भर पर्छ । हाम्रो पुरानो टिकटका लागि उडानको एक हप्ता अघि भिसा पक्का गर्नु पर्ने थियो । भिसा पक्का नहुँदा हामीले सुरुमा २६ जुनको लागि बुक गरेको टिकट रद्द गर्नु पर्यो ।’

क्यानले यसअघि शनिबारको लागि टिकट बुक गरेपनि समयमा भिसा पक्का नहुँदा त्यो टिकट रद्द भएको थियो । अहिले भिसा पक्का हुँदा भने नयाँ टिकट पाएको छैन ।

‘हामीले क्यानडा क्रिकेट बोर्ड र हाम्रो स्थानीय आयोजकसँग समन्वय गरेका छौं । त्यो हिसाबले भ्रमण टिकटमा भर पर्छ । त्यो टि२० आई खेल भने तोकिएको समयमा हुँदैन । एकदिवसिय खेल दुई वा तीन वटा हुनसक्छ’, दासले भने । टिकट पाउँदा वितिक्कै जाने उनले दासले बताए ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड, नेपाल र नामिबिया हुनेछ । विश्वकप लिग–२ मा स्कटल्यान्ड भ्रमण निकै महत्वपूर्ण हुनेछ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ । स्कटल्यान्डसँगको सिरिज असार २७ देखि सुरु हुनेछ । क्यानडासँगको एकदिवसिय खेल तालिका अनुसार असार २० देखि सुरु हुनेछ ।

असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानडा, पहिलो एकदिवसिय खेल

असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.