default_image

2 years ago

July 2, 2022

पन्तको सानदार शतकमा भारतको उत्कृष्ट पूनरागमन

111 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको सानदार आक्रामक ब्याटिङमा भारतले इंग्ल्यान्डसँगको पाँचौं टेस्ट खेलमा पहिलो इनिङमा बलियो योगफल बनाएको छ । बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिनको समाप्तिमा ७३ ओभरमा ३३८(७ को बलियो अवस्थामा छ ।


भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । पन्तको यो टेस्ट करिअरको पाँचौं शतक हो । पन्त जो रुटको बलमा एज लागेर फस्ट स्लिपमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए ।

एक समय ९८–५ को खराब सुरुवात गरेको भारतलाई छैटौं विकेटका लागि रविन्द्र जडेजा र ऋषभ पन्तले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । जडेजा १ सय ६३ बलमा १० चौकासहित ८३ रनमा अविजित छन् । उनलाई मोहम्मद शामीले साथ दिनेछन् ।

तीव्र गतिका बलर जिमी एन्डरसनले ओपनर सुभमन गिललाई १७ र चेतेश्वर पुजारालाई १३ रनमा ज्याक क्रलीबाट क्याच गराए । हनुमा विहारीलाई युवा तीव्र गतिका बलर म्याथ्यु पट्सले २० रनमा एलबीडब्लू आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली पट्सको बलमा ११ रनमा बोल्ड भएपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो ।


श्रेयस ऐर १५ रनमा क्याच भए । एन्डरसनको बलमा विकेटकिपर साम बिलिंग्सले एक हातले उत्कृष्ट क्याच लिएका थिए । तर त्यसपछि पन्त र जडेजाले भारतलाई खेलमा फर्काएका थिए । इंग्ल्यान्डका जिमी एन्डरसनले तीन, म्याथ्यु पट्सले दुई, बेन स्टोक्स र जो रुटले एक एक विकेट लिएका छन् ।

यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

बर्मिङ्घममा भारतले हालसम्म टेस्ट खेलमा जित हात पारेको छैन । इंग्ल्यान्डमा २००७ पछि पहिलो टेस्ट सिरिज जित्ने लक्ष्यमा छ । २००७ मा भारतले तीन टेस्ट खेलको सिरिज १–० ले जितेको थियो । इंग्ल्यान्डमा भारतले हालसम्म तीन टेस्ट खेल पनि जित्न सकेको छैन ।

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबाद माथि ७ विकेटको जित हासिल गरेको हो । हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेटायो । मुम्बईका सूर्यकुमार यादवले ५१ बलमा १२ चौका र ६ छक्का सहित १०२ रनको अविजित […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

Success

Thank you for your time.