default_image

2 years ago

July 4, 2022

उरा र भानुआको १६ छक्कामा पपुवा न्युगिनीको सानदार जित

99 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर टोनी उरा र नर्मन भानुआको विष्फोटक ब्याटिङमा पपुवा न्युगिनीले दोस्रो टि२० आई खेलमा सिंगापुरमा ३ विकेटले पराजित गरेको छ । योसँगै चार टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । एक समय पपुवा न्युगिनी ७.१ ओभरमा ५३–५ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि नर्मन भानुआ र टोनी उराले विष्फोटक इनिङका साथ जितको आधार तय गरे । छैटौं विकेटका लागि उरा र भानुआले १ सय १५ रनको शतकीय साझेदारी गर्दै सानदार जित दिलाए ।

उराले ४० बलमा ४ चौका र ९ छक्कासहित ९३ रनमा अविजित रहँदै अविश्वसनिय जित दिलाए । भानुआ ३७ बलमा २ चौका र ७ छक्कासहित ७१ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सिंगापुरका अम्जाद महबुब, आर्यमन सुनि र विनोद भास्करनले २–२ विकेट लिए ।

त्यसअघि इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।

सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनले ५२ बलमा ७ चौका र ७ छक्कासहित १ सय रनमा आउट भए । चन्द्रमोहन टि२० आईमा सिंगापुरबाट शतक हान्ने पहिलो खेलाडी हुन् । यसअघि टिम डेविडले मलेसियाविरुद्ध बनाएको ९२ रन नै सिंगापुरको लागि टि२० आईमा सर्वाधिक रहँदै आएको थियो । अर्जुन मुतरेजा ३६ र अमन देशाईंले ३० रन बनाए ।

पपुवा न्युगिनीका डामिन राभुले सर्वाधिक तीन विकेट लिए । सिंगापुर र पपुवा न्युगिनीबीच चार टि२० आई खेलको सिरिज भएको हो । पहिलो खेलमा सिंगापुर १८ रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।

अर्को सातादेखि आइसिसी टि२० विश्वकप ग्लोबल छनोट बी हुने हुँदा तयारी स्वरुप सिंगापुरसँग सिरिज खेलेको हो । शीर्ष दुई टोली आगमी वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.