3 years ago
July 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । तर मैदानमा वर्षा जारी छ । पिच कभरले ढाकिएको छ ।

वर्षा क्यानाडामा तीन चार घण्टादेखि लगातार परेको छ । अवको एक घण्टापछि क्यानाडामा वर्षाको सम्भावना छैन । वर्षा रोकिएको आघा घण्टामा मैदान तयार हुने छ । त्यसपछि खेल ओभर घटाएरहुने सम्भावना छ ।
नेपाल क्यानाडासँगको दुबै अभ्यास खेलमा सानदार जितका साथ आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जाने सोचमा हुनेछ । नेपालले सुरुवाती दुई अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन र ५५ रनले हराएको थियो ।
क्यानानडो बातावरण र स्कटल्यान्डको मिल्दोजुल्दो छ । त्यसैले नेपाली ब्याटरलाई त्यहाँको वातावरणमा झिज्दै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।
क्यानाडाको कप्तानी साद बिन जाफरले गर्नेछन् । रयान खान पठान उपकप्तानको रुपमा छन् । क्यानाडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा संघर्ष गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै क्यानाडा उच्च प्रदर्शन गर्न चाहन्छ । क्यानाडाले नेपालसँग खेल्ने टोलीमा नयाँ खेलाडीलाई मौका दिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]