default_image

2 years ago

July 7, 2022

आक्रामक इंग्ल्यान्डसँग खेल्दै भारत

एजेन्सी – भारतले पहिलो टि२० आई खेलको सिरिजमा आज घरेलु टोली इंग्ल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती १० : ४५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आईको खेलमा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । घरेलु टोली इंग्ल्यान्ड पछिल्लो समय टेस्ट क्रिकेटमै आक्रामक शैली अपनाएको छ । टि२० आई मा भने […]

75 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टि२० आई खेलको सिरिजमा आज घरेलु टोली इंग्ल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती १० : ४५ मा साउथह्याप्टनमा सुरु हुनेछ ।

तीन टि२० आईको खेलमा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । घरेलु टोली इंग्ल्यान्ड पछिल्लो समय टेस्ट क्रिकेटमै आक्रामक शैली अपनाएको छ । टि२० आई मा भने लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

इंग्ल्यान्डको जस बटलर र भारतको रोहित शर्माले कप्तानी गर्ने छन् । इंग्ल्यान्डका एक सर्वाधिक सफल कप्तान ओईन मोर्गनले सन्न्यास लिएपछि बटलरले पहिलो पटक इंग्ल्यान्डको नेतृत्व गर्नेछन् । बटलरको कप्तानीमा इंग्ल्यान्ड झनै आक्रामक बन्ने अनुमान गरिएको छ ।

पछिल्लो समय बटलर उच्च लयमा छन् । इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ओडिआई इतिहासकै सर्वाधिक ४ सय ९८ रन बनाउँदा बटलरले १ सय ६२ रनको विष्फोटक इनिङ खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) यो सिजनमा चार शतकका साथ बटलरले ८सय माथि रन बनाएका थिए । लगातार उच्च प्रदर्शन गर्दै आएका बटलरको लय रोक्न नै भारतलाई मुख्य चुनौती हुनेछ ।

इंग्ल्यान्डले पहिलो खेलमा जोनी बेयरस्टो र बेन स्टोक्सलाई भने विश्राम दिएको छ । तर जेसन रोय, डेविड मलान, मोईन अली, लियाम लिभिङस्टोन, ह्यारी ब्रुक्स र साम करन जस्ता विष्फोटक ब्याटर छन् । लिभिङस्टोन विष्फोटक र ठूला सटका लागि माहिर छन् । लेगस्पिन र अफस्पिन बलिङ त्यतिनै राम्रो गर्दछन् ।

जेसन रोय, मोईन अली, साम करण ह्यारी ब्रुक पनि आक्रामक ब्याटिङका लागि चिनिन्छन् । साम करण झण्डै एकवर्षपछि टि२० आईमा पूनरागमन गर्नेछन् । २३ वर्षीय ह्यारीको प्रदर्शनमा धेरैको नजर हुनेछ । विष्फोटक ब्याटरको बाहुल्यता छ । इंग्ल्यान्डको तीव्र गतिको बलिङ आक्रामण भने कमजोरीको रुपमा छ ।


डेथ ओभर सबैभन्दा ठूलो कमजोरी हो । भारतले त्यसको फाइदा उठानउन सक्नुपर्छ । टाइमल मिल्स, रोस टोपली, क्रिस जोर्डन, रिचर्ड ग्लेसन छन् । स्पिनरमा म्याथु पार्किसन मोईन अली हुनेछन् ।

भारतले विराट कोहली, जस्प्रित बुमराह, ऋषभ पन्त र मोहम्मद शामीलाई विश्राम दिएको छ । भारतका ओपनर रोहित शर्मा र ईशान किशन हुनेछन् । आयरल्यान्ड्सँग शतक हानेका दिपक हुडा तेस्रो नम्बरमा खेल्नेछन् । विराट नहुँदा हुडालाई निरन्तरता दिनेछ । चौथो नम्बरमा सूर्यकुमार यादव र पाँचौं नम्बरमा हार्दिक पान्ड्या । रोहित र सूर्यको प्रदर्शन धेरै महत्वपूर्ण हुनेछ ।


तल्लोक्रममा हार्दिक पान्ड्या र दिनेश कार्तिकबाट भारत उत्कृष्ट अन्त्य चाहन्छ । तीव्र गतिका बलरमा हर्षल पटेल र भुवनेश्वर कुमारको स्थान पक्का छ । तेस्रो तीव्र गतिको बलरको रुपमा अर्शदीप सिंह र उमरान मलिक मध्य एकले खेल्नेछन् । स्पिनरमा युजभेन्द्र चहल र अक्षर पटेललाई मैदान उतार्न सक्छ । दुबै टोलीको मुख्य उदेश्य अगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि टिम निर्माण हुनेछ ।

हेड टु हेड :

भारत र इंग्ल्यान्डबीच टि२० आईमा १९ खेल भएका छन् । भारत १० र इंग्ल्यान्ड ९ खेलमा विजयी भएको छ । पछिल्ला पाँच खेलमा भारत तीन खेलमा विजयी भएको छ ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

Success

Thank you for your time.