default_image

2 years ago

July 8, 2022

हार्दिकको अर्धशतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

117 views

0 Bookmark

एजेन्सी – अलरााउन्डर हार्दिक पान्ड्याको अर्धशतकमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।

भारतका हार्दिक पान्ड्याले ३३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए । यो पहिलो टि२० आई अर्धशतक हो । म्याथ्यु पार्किसनलाई छक्का हान्दै ३० बलमा पूरा गरेका थिए ।

कप्तान रोहित शर्मा स्पिनर मोईन अलीको बलमा एज लागेर जस बटलरबाट क्याच आउट हुनुअघि १४ बलमा ५ चौकासहित २४ रनमा आउट भए । अलीको पाँचौं ओभरको पाँचौं बलमा ईशान किशन टप एज लागेर फाइन लेगमा ८ रनमा म्याथ्यु पार्किसनको बलमा आउट भए ।

तेस्रो विकेटका लागि दीपक हुडा र सूर्य कुमार यादवले ४३ रनको साझेदारी गरेका थिए । जोर्डन को बलमा दीपक फाइन लेगमा टाइमल मिल्सबाट ३३ रनमा क्याच भए । उनले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

सूर्य १९ बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा बटलरबाट क्याच आउट भए । सूर्य जोर्डनको १२ औं ओभरको चौथो बाउन्सर बलले गल्भ्समा लागेर आउट भएका थिए । इंग्ल्यान्डले रिभ्यु लिँदै आउट गरेको थियो ।

स्पिनर म्याथ्यु पार्किसनको १५ औं ओभरको दोस्रो बलमा जस बटलर हार्दिक पान्ड्यालाई ३७ रनमा स्टम्पिङ आउट गर्नबाट चुकेका थिए ।

पाँचौं विकेटका लागि हार्दिक र अक्षर पटेलले ४५ रनको साझेदारी गरेका थिए । अक्षर १२ बलमा ३ चौकासहित १७ रनमा आउट भए । दीनेश कार्तिक ११ र हर्षल पटेलले ३ रन बनाए ।

भारतले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । अन्तिम ७ ओभरमा ४ विकेट गुमाउँदै ५७ रन मात्र जोडेपछि २ सय माथिको योगफल बनाउनबाट चुकेको थियो ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए । मोईन अलीले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । रोस टोपली, टाइमल मिल्स र म्याथ्यु पार्किसनले एक एक विकेट लिए ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.