default_image

2 years ago

July 8, 2022

कप्तान पुरनको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजलाई सिरिज

89 views

0 Bookmark

एजेन्सी – कप्तान निकोलस पुरनको अर्धशतकमा घरेलु टोली वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सिरिज जितेको छ । तीन खेलको सिरिज वेस्टइन्डिजले २–० ले जितेको छ ।


जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।वेस्टइन्डिजका विकेटकिपर तथा निकोलस पुरनले ३९ बलमा ५ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । पुरनले महमुदूल्लाह रियादलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।

ओपनर कायल मयर्सले ३८ बलमा २ चौका र ५ छक्कासहित ५५ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका नासुम अहमदले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । बंगलादेशका अफिफ हुसैनले ३८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । ओपनर लिटन दास ४१ बलमा ३ चौका र २ छक्कासहित ४९ रनमा आउट भए । सकिब अल हसन ५, महमुदूल्लाह २२ र मोकाद्देक हुसैनले १० रन बनाए ।

वेस्टइन्डिजका स्पिनर हायडन वाल्श जुनियरले सर्वाधिक दुई विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा वेस्टइन्डिज ३५ रनले विजयी भएको थियो । अव वेस्टइन्डिज र बंगलादेशबीच तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल आइतबार हुनेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.