default_image

2 years ago

July 10, 2022

टेक्टरको शतकमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

78 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका युवा ब्याटर ह्यारी टेक्टरको शतकमा आयरल्यान्डले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय १ रनको बलियो लक्ष्य दिएको छ । द भेलेज डुब्लिनमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय रन बनायो ।

आयरल्यान्डका ह्यारी टेक्टरले १ सय १७ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १३ रनको योगदान दिए । २२ वर्षीय युवा ब्याटर टेक्टरको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

चौथो विकेटका लागि टेक्टर र कर्टिस क्याम्फरले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । क्याम्फर ४७ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । ओपनर पउल स्टर्लिङ ५, एन्ड्री म्याकबर्नी ३९, लार्कान टकर २६ र सिमी सिंह ३० रनमा आउट भए ।

न्युजिल्यान्डका लोकी फर्गुसन, ईश सोधी र ब्लेयर टिकनरले २-२ विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले १-१ विकेट लिए । सिरिज तीन खेलको हुनेछ । न्युजिल्यान्डले केन विलियम्सन, ट्रेन्ट बोल्ट, टिम साउथी लगायतका प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ ।

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

Success

Thank you for your time.