default_image

2 years ago

July 10, 2022

मलान र लिभिङस्टोन चम्कँदा भारतलाई विशाल लक्ष्य

77 views

0 Bookmark

एजेन्सी – डेविड मलान र लियाम लिभिङस्टोन चम्कँदा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा भारतलाई २ सय १६ रनको विशाल लक्ष्य दिएको छ । नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १५ रन बनायो ।

इंग्ल्यान्डका डेविड मलानले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७७ रन बनाए । लियाम लिभिङस्टोनले २९ बलमा ४ छक्कासहित ४२ रनमा अविजित रहे । चौथो विकेटका लागि मलान र लिभिङस्टोनले ४३ बलमा ८४ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।

कप्तान जस बटलर १८ रनमा आवेश खानको बलमा बोल्ड आउट भए । उमरान मलिकको आठौं ओभरको पहिलो बलमा जेसन रोय २७ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट भए । रोयले २६ बलमा १ चौका र २ छक्कासहित २७ रनमा आउट भए । हर्षल पटेलले फिलिप साल्ट ८ रनमा बोल्ड आउट भए ।

युवा ब्याटर ह्यारी ब्रुक ९ बलमा ३ चौकासहित १९ रनमा आउट भए । क्रिस जोर्डन ३ बलमा १ चौका र १ छक्कासहित ११ रनमा अविजित रहे ।

भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । उमरान मलिकले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । आवेश खानले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

तीन खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । त्यसैको कारण आजको खेलमा जस्प्रित बुमराह, भुवनेश्वर कुमार, युजभेन्द्र चहल र हार्दिक पान्ड्यालाई बेन्चमा राखेको छ ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.