default_image

2 years ago

July 13, 2022

बलियो स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । स्कटल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । नेपाल पहिलो जितको सोचमा हुनेछ । नेपाल पहिलो खेलमा ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ ।

स्कटल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । नेपाल पहिलो जितको सोचमा हुनेछ । नेपाल पहिलो खेलमा ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो ।

विश्वकप लिग २ मा स्कटल्यान्ड तुलनात्मक रुपमा सबैभन्दा बलियो टोली मानिन्छ । यस लिग २ मा सबैभन्दा कम हार्ने टोली पनि स्कटल्यान्ड नै हो । उसले जम्मा ५ खेल मात्र हारेको छ । घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्ड नेपालमाथि सहज जित निकाल्न चाहन्छ ।

नेपालले भने उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय ब्याटिङ नेपालको फ्लप छ । नेपाल पहिलो खेलमा खराब ब्याटिङकै कारण नामिबियासँग पराजित भएको थियो । सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालको ब्याटिङमा गहिराई छ । तर जिम्मेवारी छैन । रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख जस्ता ब्याटरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ ।

नामिबियाविरुद्ध रोहित शून्यमा रन आउट भएका थिए । दीपेन्द्र ४ रनमा आउट भएका थिए । दीपेन्द्र ओडिआईमा राम्रो गर्न सकेका छैनन् । आरिफ शेखले एक एण्डबाट ५० रनको इनिङ खेलेका थिए ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाउनु पर्छ । सुरुवातले धेरै फरक पार्छ । देव खनालले स्ट्राइकरेटमा ध्यान दिँदै रन बनाउनुपर्छ । धेरै डट बलले दबाब बढाउने गर्दछ । दीपेन्द्र र रोहितको उच्च प्रदर्शन विना विशाल योगफल बनाउन सक्दैन । यी दुबै प्रमुख ब्याटर हुन् ।

नेपाल तल्लोक्रममा आदिल अन्सारी, सोमपाल कामी र करण केसीबाट आक्रामक ब्याटिङ चाहन्छ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना भने कम छ । स्पिनरमा सन्दीप र बसिर दुबैले निरन्तरता पाउने सम्भावना छ । नेपालले सामान्य प्रदर्शनले भने स्कटल्यान्डलाई हराउन सक्दैन ।

स्कटल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । स्कटल्यान्डको ब्याटिङमा अनुभवी खेलाडी छन् । कप्तान काइल कोट्जर, म्याथ्यु क्रस, कलुम म्याकलेड, रिची बेरिङ्टन र जर्ज मुन्शे जस्ता एसोसियट स्टार ब्याटरले स्कटल्यान्ड धेरै मजबुत बनेको छ । यी मध्य एक ब्याटर क्रिजमा जम्दा स्कटल्यान्डले सहज जित हात पार्नसक्छ ।

स्कटल्यान्डले दुई स्पिनरमा मार्क वाट् र हम्जा ताहिरलाई खेलाउँदै आएको छ । यी दुबैले लगातार राम्रो प्रदर्शन गरेका छन् । शफ्यान शरिफ स्कटल्यान्डका प्रमुख बलिङ हतियार हुन् । एसोसियट क्रिकेटकै एक उत्कृष्ट तीव्र गतिका बलरको रुपमा चर्चित उनले ओडिआईमा ५६ ओडिआईमा ८० विकेट लिई सकेका छन् ।

नामिबियाविरुद्ध उनले पाँच विकेट लिएका थिए । उनको प्रदर्शन नेपाललाई घातक बन्नसक्छ । शरिफलाई अर्को एण्डबाट गेभिन मेनले साथ दिनेछन् । उनले पनि ९ खेलमा १८ विकेट लिई सकेका छन् । ओडिआईमा नेपाल र स्कटल्यान्डबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

अंक तालिकामा नेपाल १७ खेलमा ७ मा जित र ९ मा हार सहित १५ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १७ खेलमा ७ मा जित र ९ मा हारका साथ १५ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ ।पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

यो पनि : ओडिआईमा जम्न नसकेका दीपेन्द्र

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.