default_image

3 years ago

July 13, 2022

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र तीव्र गतिका बलरको उच्च प्रदर्शनमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका थिए ।

रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे । रोहितले हम्जा ताहिरलाई विजयी चौका सहित खेल सकाएका थिए । दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।

आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । कुशल गेभिन मेनको बलमा विकेटकिपर म्याथ्यु क्रिसबाट क्याच आउट भए ।

देव खनाल १४ औं ओभरको तेस्रो बलमा देव खनाल एड्रियन नीलको बलमा एज लागेर फस्ट स्लिपमा ४ रनमा क्याच आउट भए । स्कटल्यान्डका लागि संकटमा अर्धशतक हानेका गेभिन मेनले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५-९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको साझेदारीले साख बचाएका थिए ।

गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक हो । ताहिर ४३ बलमा ७ रनमा अविजित रहे । मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट भए । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।

करण केसीले सातौं ओभरको अन्तिम बलमा कलुम म्याकलिडलाई १३ रनमा क्याच गराए । उनले २१ बलमा २ चौका प्रहार गरे । उनी एज लागेर फस्ट स्लिपमा रहेका आरिफ शेखबाट क्याच आउट भएका थिए । लगत्तै अर्को ओभरको पहिलो बलमा ओपनर काइल कोट्जर सोमपालको बलमा थर्ड स्लिपमा कुशल भुर्तेलबाट ६ रनमा क्याच गराएपछि स्कटल्यान्ड २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

आदिल अन्सारीको बलमा एज लागेर जर्ज मुन्शे ४ रनमा कुशल भुर्तेलबाट आउट भए । सोमपालको १२ औं ओभरको पाँचौं बलमा कप्तान रिची बेरिङ्टन ३ रनमा आसिफबाट क्याच आउट भएपछि स्कटल्यान्ड ३३–५ को संकट अवस्थामा पुगेको थियो ।

आदिल अन्सारीले तल्लोक्रमका माइकल लिस्कलाई ४ र शफ्यान शरिफलाई १६ रनमा आउट गरे । दुबै ब्याटर एज लागेर आउट भएका थिए । ७९-८ को अवस्थाबाट पूनरागमन गरेको थियो । नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए ।

आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले अव शनिबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ । यो जितसँगै नेपाल १७ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २२ खेलमा १४ मा जित र ६ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

यो पनि पढ्नुहोस् : ओडिआईमा जम्न नसकेका दीपेन्द्र

July 15, 2025

एसपिएलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – सातौं मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल समीकरण पूरा भएको छ। सप्तरीको राजविराजमा जारी एसपिएलको मंगलवारको नतिजापछि सेमिफाइनल समीकरण पूरा भएको छ। आजको खेल जित्दै कन्चनरुप राइनोज समूह ‘ए’ को तथा खडक वारियर्स समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेका हुन्। पबी स्कुलमा भएको पहिलो खेलमा हनुमाननगर हिरोजलाई […]

July 15, 2025

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकाले घरेलु टोली जिम्बाब्वेलाई त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा पराजित गरेको छ । जिम्बाब्वेको हारारे स्पोर्टस क्लबमा सोमवार भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । सिरिजमा न्युजिल्याण्ड पनि सहभागी छ । १ सय ४२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको […]

July 15, 2025

टेस्ट सिरिजमा अस्ट्रेलियाको क्लिन स्विप

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ । तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो । जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै […]

Success

Thank you for your time.