default_image

3 years ago

July 15, 2022

प्रधानमन्त्री बनेका पाँच क्रिकेटर

266 views

0 Bookmark

एजेन्सी – सक्रिय खेलाडी जीवनबाट एकदिन सन्न्यास लिनुपर्छ । कोही खेलाडी छिटो त कोही ढिलो सन्न्यास लिन्छन् । त्यो प्रदर्शनमा निर्भर रहन्छ । सन्न्यासपछि खेलाडीले एउटा बाटो रोज्नुपर्छ । धेरै खेलाडी प्रशिक्षक बन्ने गर्दछन् । अन्य थुप्रै क्षेत्रमा हात हाल्ने गर्दछन् ।

खेलाडी जीवनपछि केहि खेलाडी राजनीतिमा लाग्दै देशको नेतृत्व गर्न खोज्छन् । त्यसमा थोरै सफल भएका छन् । केहि खेलाडी राजनीतिमा सफल मात्र भएका छैनन् प्रधानमन्त्रीदेखि राष्ट्रपति सम्मको पद सम्हालेका छन् । विश्व क्रिकेटका पाँच खेलाडी जो प्रधानमन्त्री बन्दै देश नेतृत्व गरे । उनीहरुको बारे छोटकरीमा जानकारी ।

५. कमिसेस मारा

रातु सर कमिसिसी मारालाई फिजी राष्ट्रको संस्थापक पिता हुन् । उनी फिजीका राजनेता हुन् । सुरुमा उनी १९७६ देखि १९७० सम्म मुख्यमन्त्रीको रुपमा काम गर्दै राजनीतिमा लागे । त्यसमा सफल भूमिका निर्वाह गरेपछि उनी पहिलो पटक १९७० देखि १९९२ सम्म प्रधानमन्त्रीको रुपमा काम गरेका थिए ।

मारा फिजीको पहिलो प्रधानमन्त्री समेत हुन् । उनी १९९२ देखि १९९३ सम्म फिजीको पहिलो उपराष्ट्रपतिको रुपमा काम गरे । १९९४ देखि २००० सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए ।

माराले दुई प्रथम श्रेणी फिजीबाट ओटागो र क्यान्टरबरीबाट १९५३/५४ मा न्युजिल्यान्ड भ्रमणमा खेलेका थिए । त्यससमय उनी टोलीका उपकप्तान निए । तीव्र गतिका बलर रहेपनि उनको करिअर चोटका कारण सकिएको थियो ।

माराले ओन्टागोविरुद्ध डेब्यू गर्दै ७ विकेट लिएका थिए । उनले क्यान्टबरीविरुद्ध ४४ रन बनाएका थिए । उनले दुई खेलमा ६४ रन बनाउनुको साथै ८ विकेट लिएका थिए । ठूलो सम्भावना बोकेका खेलाडी भएपनि चोटका कारण क्रिकेट करिअर टुङ्गाउनु परेको थियो । क्यान्टरबरीविरुद्ध खेलको क्रममा उनको हात भाँचिएको थियो ।

४. नवाज शरिफ (पाकिस्तान)

विश्वकप विजेता इमरान खान भन्दा अघि पाकिस्तानमा क्रिकेटररुपमा प्रधानमन्त्री बन्ने पहिलो खेलाडी नवाज शरिफ थिए । उनले १९७३-७४ को समयमा पाकिस्तान रेलवेबाट पाकिस्तान इन्टरनेशनल एरलायन्सविरुद्ध डेब्यू गर्दै डक आउट भएका थिए । त्यसपछि व्यावसायिक क्रिकेट खेलेनन् । उनी १९९० को नोभेम्बर देखि १९९३ को जुलाई सम्म प्रधानमन्त्रीको रुपमा काम गरेका थिए ।

३. एलेक डगलस– होम (बेलायत )

युनाइटेड किंगडम (बेलायत) इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्थ आयरल्यान्ड मिलेर बनेको छ । एलेक ब्रिटिसको रुढीबादी सोच भएका प्रधानमन्त्री थिए । उनी १९६३ अक्टोबर देखि १९६४ प्रधानमन्त्रीको रुपमा काम गरेका थिए ।

एलेक युवा प्रतिभाशाली खेलाडी थिए । उनले इंग्ल्यान्डको चर्चित टोली मिडलसेक्स र अक्सफोर्डबाट व्यवसाहिक क्रिकेट खेलेका थिए । मिडलसेक्सबाट उनले १९२४ देखि १९२७ सम्म १० प्रथमश्रेणी खेल खेल्दै १ सय ४७ रन बनाएका थिए । औसत १६.३३ को रहँदा उच्च स्कोर ३७ रह्योे ।

तीव्र गतिका बलर एलेले १२ विकेट लिएका थिए । १९२६/२७ को दक्षिण अफ्रिका भ्रमणको समयमा मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) बाट अजेन्टिनाविरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए।

विदेश र राष्ट्रमण्डल कार्यालयमा प्रधानमन्त्री एडवर्ड हेथको मन्त्रिपरिषद्मा सेवा गरिसकेपछि, लर्ड डुङ्गलासले आफ्ना शक्तिशाली प्रतिद्वन्द्वी ह्यारोल्ड हिल्सनलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेका थिए ।

२. फ्रान्सिस बेल (न्युजिल्यान्ड)

सर फ्रान्सिस बेल न्युजिल्यान्डमा जन्मिएर प्रधानमन्त्री बन्ने पहिलो ब्यक्ति हुन् । उनले आधिकारीक रुपमा १९२५ देखि मे १० देखि ३० सम्म छोटो समयमा प्रधानमन्त्री बनेका थिए ।

किशोर अवस्थामा बेल सम्भावना बोकेका क्रिकेट खेलाडी थिए । उनले न्युजिल्यान्डको वेलिंग्टनबाट दुई प्रथम श्रेणी खेल खेले । तर राष्ट्रिय स्तरमा फस्टाउन नसकेपछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनको दुई खेलमा प्रदर्शन २ रन थियो ।

नेल्सनमा जन्मे र हुर्केका बेलले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातक गरेका थिए । वेलिंग्टनको मेयरको रूपमा आफ्नो राजनीतिक कार्यकालको सुरुवात गरेका उनको राजनीतिक करियरको अन्त्यमा उनी प्रधानमन्त्री बने । तर मात्र १६ दिनको लागि प्रधानमन्त्री बेनेका थिए ।

१. इमरान खान (पाकिस्तान)

इमरान खान प्रधानमन्त्री बन्ने विश्वका सबैभन्दा चर्चित क्रिकेटर हुन् । विश्व क्रिकेटका एक उत्कृष्ट अलरान्डरको छवि बनाएका इमरान खानले २२ वर्षको संघर्षपछि प्रधानमन्त्री बन्ने सपना पूरा गरेका थिए । इमरान खान पाकिस्तानका सबैभन्दा सफल कप्तान मध्यका एक हुन् । विश्वका उत्कृष्ट अलराउन्डर खेलाडीमा पर्दछन् ।

खानको कप्तानीमा सन् १९९२ मा पाकिस्तानले पहिलो पटक विश्वकप उपाधि जितेको थियो । उनले ८८ टेस्ट खेलमा ६ शतक र १८ अर्धशतकसहित ३ हजार ८ सय ७ रन बनाएका छन् । ३ सय ६२ विकेट लिएका छन् । १ सय ७५ ओडिआई खेलमा १ शतक र १९ अर्धशतकसहित ३७ सय रन बनाएका थिए । ओडिआईमा १ सय ८२ विकेट लिएका छन् ।

खानले टेस्ट १९७१ देखि १९९२ सम्म खेलेका थिए । ओडिआई भने १९७४ देखि १९९२ सम्म खेलेका थिए । पाकिस्तानलाई विश्वकप जिताएपछि उनले क्रिकेट छाड्दै राजनीति सुरु गरेका थिए ।

खान पाकिस्तानका २२ औं प्रधानमन्त्री हुन् । उनले २०१८ अगष्ट देखि २०२२ अप्रिल सम्म तीन वर्ष २ सय ३५ दिन पाकिस्तानको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.